करोडौ नेपाली लाइ रुवाउने प्रमोद खरेलको गीत सपनीमा देखे आमा

लोकप्रिय गायक तथा अहिले नेपालमा चलिरहेको भोइस अफ नेपालका कोचहरु मध्यका एक प्रमोद खरेलको स्वर रहेको निकै मार्मिक गीत ‘सपनीमा देखें आमा’ म्युजिक नेपालले हालै युट्युब मार्फत सार्बजनिक गरेको छ । गीतमा परदेशमा रोजगारीमा रहेको छोराले नेपालमा रहेकी मुटुको बिमारी आमालाई सम्झेर भाबबिभोर भएको कथा समेटिएको छ । त्यसै गरी दशैंमा घरमा जान नपाउदाको पिंडा, भाइटीकामा दिदीको संझनाले भक्कानिएको मुटु अनि साहुको ऋणले पिरलिएको आमाको मर्म बोलेको छ । त्यसै गरी नेपालमा आमाले परदेशी छोरालाई सम्झेर बिताइरहेको कठिन पलहरु समाबेश गरिएको छ । नेपाली ग्रामीण जीवनको यथार्थता बोकेको यस गीत र अभिनयले साँचो अर्थमा लाखौ प्रबासी छोराहरुको प्रतिनिधित्व गरेको छ ।

कुमार केसीको रचना, रमेश कायस्थको संगीत रहेको यस गीत रागा स्टुडियो काठमाडौका आशिष अविरलले अरेन्ज गरेका थिए । नेपालमा ललितपुरमा छायांकन गरिएको यस म्युजिक भिडिओमा बिभिन्न चलचित्र तथा म्युजिक भिडियोमा सफल अभिनय गरिसकेका कलाकारहरु जीबन भट्टराई र रश्मी भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन । यस भिडिओको निर्देशन कान्तिपुर टेलिभिजनका कार्यक्रम निर्माता अर्जुन अधिकारीले गरेका भने यसको निर्माण कुमार केसीले गरेका हुन ।

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *