रातो गलबन्दीले सांगीतिक बजार तताउंदै

चिसो बढ्दै गर्दा गलबन्दीको चर्चा चल्नु स्वाभाविक हो। तर आजभोली सांगीतिक बजारमा पनि रातो गलबन्दीकै चर्चा छ ।चर्चित गायिका मेलिना राइ र गायक विश्व नेपालीको स्वरमा रहेको ‘रातो गलबन्दी’ गीतको म्युजिक भिडिओ यु-ट्युब मार्फत सार्बजनिक भएपछि यसले बिस्तारै सांगीतिक बजार तताउदै छ।

चर्चित रियालिटी सो बुगीवुगी बिजेता कविता नेपाली र सरोज मोक्तानलाई फिचर्ड गरिएको यस गीतमा यी दुईको दमदार नृत्य हेर्न सकिन्छ ।

बेलायतमा बस्ने समाजसेवी तथा युवा व्यवसायी यादब कुमार श्रेष्ठको शब्द र बेलायतमै बस्ने संगीतकार रमेश कायस्थको संगीत रहेको यस गीतको म्युजिक भिडिओ निर्देशन युवा निर्देशक विकास श्रेष्ठ ‘मिलन’ले गरेका हुन् भने बबिना पौडेल  र विश्वास खनालको सह–निर्देशन रहेको भिडियोलाई कुमार थापाले छायाँकन गरेका हुन् । भिडियोमा सरोज मोक्तानको कोरियोग्राफी रहेको गीत सुनिल कृष्ण ताम्राकारले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *