चर्चित गायक शिव परियारको स्वरमा चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘भेट भयो सोल्टिनी संग’ बोलको गीतमा नारायण कडेँलको शब्द तथा रमेश कायस्थको संगीतमा रहेको छ ।
भिडियोमा भिमफेदी गाइज संगै नायिका आचल शर्मालाई फिचर्ड गरिएको छ। भेट भयो सोल्टिनी संग बोलको गीतमा भिमफेदी गाइज र आचल शर्मा क्लासिक तथा वेस्र्टन लुक्समा प्रस्तुत गरिएको छ। पछिल्लो समय गीतसंगीतमा ग्रुपको प्रयोग गर्ने गरिन्छ , खासगरि भिडियोमा । डेढ दशक अगाडी ग्रुप (ब्याण्ड) गायनमा धेरै नै थिए तर पछिल्लो समय डान्सीङ भिडियो लोकप्रिय हुन् थाकेपछि प्राय गायक तथा गायिका आफ्नो गीतको भिडियोलाई यसै किसिमले तयार गर्ने गरेका छन् ।
- कुलवीरको कदर - October 1, 2021
- माता पितामा समर्पित ५ मुक्तकहरु - September 7, 2021
- “सबैको साझा उम्मेदवाररुपमा अघि बढ्ने प्रयासमा छु” – रामशरण सिम्खडा - August 29, 2021