डिल्ली घिमिरे
हरेक दिन जब संवादको भोक मेट्न बिवादले अघाउनु पर्छ तब मेरी सुम्निमा तिमीलाई सम्झिन्छु हाम्रो आस्तिक र नास्तिक बीचको एउटा लडाईं मलाई मन पर्ने पारीजात र भुपी तिम्रो रिमाल र बिपीमा गएर सँगम भएको प्रिय संवादको क्षण सम्झन्छु कती लामो बहस हुन्न्थ्यो मैले बुझाउन खोज्ने मार्क्स र तिमीले सिकाउन खोज्ने तिम्रो बुझाईको फ्रायड तर पनि मात्र संवाद हुन्थ्यो बिवाद कहिले झेल्नु परेन बिवादको डरले जब मौन हुनुपर्छ मौनता तोडनकै लागि तिमीलाई सम्झन्छु मेरी सुम्निमा समय क्रुर छ हरेक सुन्यता भित्र तिम्रो अस्तित्त्वको कल्पनाले मात्र पनि मन रोमान्चित हुन्छ हरेक रातमा भोग्ने एेठन समेत जब बिवादको बिषय बन्छ मेरी सुम्निमा अरु जिजिबिषाको संवादको कुरै नगरिदेउ कती मिठो हुन्थ्यो हाम्रा ति संवादहरु म जीवनको कुरा गर्थे तिमी जुनको म तिर्खाको कुरा गर्थे तिमी ताराको संगती नमिल्दा पनि असङति बीचमा बिवाद थिएन त्यसैले त त्यो सुन्दर भुतको सुखले पनि तर्साउछ अहिले प्रिया सुम्निमा फेरी एक पटक आउ मिल्छ भने अहिले नै म सुट्टुक चुक्कल खोलिदिने छु एकै रातकोलागि सहि म सम्भोगको होइन संवादको भोको छु र यस पटक कुनै दर्शनको होइन रातभरी म मेरो भोगाइको संवाद गर्नेछु बिवाद्ले थाकेको यो मान्छे त्यसपछि एक बिहानै चिच्याएर दुनियाँलाई सुनाउन चाहन्छ सुम्निमा मेरी प्रेमिका !
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by Dilli Ghimire (see all)
- पार्बति तिमिल्सेनाको अर्को “सांगितक कोसेली “ए कसम” - December 3, 2018
- सुम्निमा मेरी प्रेमिका ! - December 1, 2018