मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया र ब्युटी विथ पर्पस अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।
मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।
त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।
मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।
याे घाेषणापछि मिस वर्ल्डकाे अाधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइकाे अाेइराे लागेकाे छ ।
- अमेरिकी रास्ट्रपतिको निर्वाचन परिणाममा नेपालीहरुको प्रतिक्रिया - November 8, 2020
- ढुक्क रहनुहोस् एनआरएन नागरिकता पाउनुहुन्छ-कृष्ण भक्त पोख्रेल - October 24, 2020
- छन्द-साधना पुरस्कार माहाकाव्यकार न्यौपानेलाई - September 7, 2020