मेरो प्रेम कहानी

अपेक्षा घिमिरे
उसको हेराई, मेरो हसाई,
उसको शब्द, मेरो अर्थ,
उसको गीत, मेरो संगीत,
उसको मजाक, मेरो रिसानी,
त्यहिँबाट सुरु भयो मेरो प्रेम कहानी,
उसको जीवन, मेरो संघर्ष,
उसको सफलता, मेरो घमण्ड,
उसको परीक्षा, मेरो प्राथना,
उसको आशु, मेरो सिरानी,
मेरो अनुहारमै झल्किन थाल्यो मेरो प्रेम कहानी,

उसको सिद्धान्त, मेरो संकल्प,
उसको परिश्रम, मेरो उपलब्धि,
उसको स्पर्श, मेरो कमजोरी,
दिमागको खेलमा मनको बेइमानी,
यस्तो ब्यवारिकतामा बल्झियो मेरो प्रेम कहानी,

उसको व्यस्ततामा मेरो गुनासो,
उसको हरेक गफमा मेरो प्रस्नोउतर,
उसको सपना, मेरो तिर्सना,
जिन्दगीको वास्तविकतामा सुरु भयो नयाँ बिहानी,

उसको र मेरो द्वन्दमा, हामी नभई
सकियो 'मेरो प्रेम कहानी'
Facebook Comments

रमेश कायस्थ  स्थापना  देखिनै लन्डन काठमाडौँ मा सक्रिय हुनुहुन्छ ।