आफ्नै आमालाई सम्झिएर सुमितले गीत गाउँदा

नेपाल आइडल सिजन २ को गाला राउण्ड अन्तर्गत टप ५ प्रतिस्पर्धी बीच आज भएको प्रतिष्पर्धामा सुमित पाठक ले  सुशान्त केसीको आवाजमा रहेको ‘आमा..’ बोलको गीत गए। आफ्नै स्वर्गीय आमालाई सम्झिएर उनले यो गीत  गाउँदा सबैको आखा रसाएका थिए ।

गीत संगै उनले ‘पर्फमर अफ द डे’ घोषित भएका थिए। नेपाल आइडलको एपिसोड प्रसारण भए लगत्तै आमाको संझनामा उनले लामो स्टाटस पोष्ट गरेका छन्।

 

 

सुमितको स्टाटस जस्ताको तस्तै :

आदरणीय मेरा गुरुवर्ग, नियम लगाउने भन्दापनी आफन्त ठानिदिने निर्णायकज्यूहरू सबैलाई मेरो हृदयदेखि नै नमस्कार, प्रतिश्पर्धी भन्दा पनि नजिकका अत्मीय लाग्ने आफन्त जस्ता मित्रहरू र मलाई माया गरेर आफ्नो तर्फबाट सक्दो भोट गरेर मलाई यहाँ सम्म ल्याइपुर्याउनुहुने मेरा शुभचिन्तकज्यूहरू यहाँहरू सबैलाई मेरो अन्तरहृदयदेखि नै नमस्कार छ । म आज नेपाल आइडलको जुन मञ्चमा छु त्यो सबै यहाँहरूको देनको कारण छु ।

खासमा आज म सारै भाबुक बनेको छु । आज मैले सुशान्त केसी ज्यूले गाउनु भएको आमा बोलको गीत गाउने प्रयास गरेँ । आमा शब्दप्रति मेरो फरक अनुभूति छ । खासमा मैले साँच्चै आमाको मायाको महसुस गर्ने बेलामा मेरी आमाको काख मसँग थिएन । बुबाले मलाई संगीत चिनाउनु भयो । मैले संगीतमा नै आमाको अनुभूति पाएँ । मैले संगीत बुझेदेखि मेरा लागि संगीत नै आमाको काख भएको हो । त्यसैले आमा बोलको यो गीत मेरा लागि विशेष थियो । मैले मेरो ठाउँबा राम्रो गाउने कोशिष गरेँ । यही गीतले नेपाल आइडलको यो महामञ्चमा दोस्रो पटक “PERFORMER OF THE DAY” पनि बनायो । धेरै धेरै धन्यवाद सुशान्त केसी सर ।

आज मेरी आमा यो संसारमा हुनुहुन्थ्यो भने सायद म भन्दा उहाँ नै धेरै खुसी हुनुहुन्थ्यो होला । यो खुसी म मेरी आमाको नाममा समर्पण गर्न चाहन्छु । आमा मैले “आमा” बोलको गीत गाएर “PERFORMER OF THE DAY” भएँ, दुनियाँ साक्षी छ आमा आजको दिनसम्म तपाईको छोरा सुमितले बाटो बिराएको छैन । मलाई आशिर्वाद दिनुहोस् आमा म मेरो ठाउँबाट अझ राम्रो गर्न सकुँ ।

नेपाल आइडल सिजन २ को गाला राउण्ड अन्तर्गत सुमित पाठक, बिक्रम बराल, अमित बराल, रबि ओड र अस्मिता अधिकारी बीच टप ४ को लागि प्रतिष्पर्धा चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *