बेलायतमा पेनी फर नेपालले च्यारिटी डिनर कार्यक्रम गर्ने

१३ डिसेम्बर  २०१८

रेडिंग, युके

कुमार केसी

बेलायतको खासगरी रेडिंग क्षेत्रमा सक्रिय च्यारिटी संस्था पेनी फर नेपालले आगामी १९ जनवरी २०१९ शनिबारका दिन स्पाइसी ओभन रेस्टुरेन्ट रेडिंगमा नेपालमा कान्देश्वोरी रास्ट्रिय प्राथमिक बिद्यालय लोथर चितवनको बिद्यालय भवन निर्माण गर्ने उद्देश्यले च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ । रेडिंग क्षेत्रमा बसोबास गर्ने नेपाली युवाहरुको पहलमा २००९ मा गठन भै च्यारिटीमा दर्ता भएको यो संस्था नेपालको पिछडिएको क्षेत्रका बालबच्चाहरुको शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सहयोगमा केन्द्रित रहेको पाइन्छ ।

Image may contain: 1 personImage may contain: 1 personImage may contain: 1 person

यस संस्थाले हालसम्म नेपालमा दर्जनौ सहयोग कार्यक्रम सम्पन्न गरेको छ । त्यस मध्य भूकम्पबाट अति प्रभावित धादिंग जिल्लाको छत्रे देउरालीमा रोटरी क्लबसंगको सहकार्यमा चार हजार पाउण्ड राहत सहयोग उपलब्ध गराएको थियो । त्यस्तै गरी श्रेया भुमेश्वोर माबि कास्कीको लागी सेतोपाटी वितरण, दिपेन्द्र माध्यमिक बिद्यालय बलिया कैलालीको लागी बिज्ञान प्रयोगशाला सामग्री वितरण, मेलघट्टी निमाबि रामशिकरजाला जनकपुरलाई बिद्यालय सामाग्री प्रदान, श्रीराम सेवा उच्च माबि धर्मस्थली काठमाडौँको लागी पुस्तक तथा सामग्री वितरण तथा ओम शिब शक्ति कल्याणी केन्द्र लामाचौर पोखराका बालबच्चाहरुलाई आबश्यक खर्च उपलब्ध गराउने जस्ता दर्जनौ कल्याणकारी कार्यहरु सम्पन्न गरेको छ । त्यसै गरी तेज विनायक उच्च माध्यमिक बिद्यालय गट्ठाघरलाइ पाँच सय बत्तीस पाउण्ड रकम पुस्तकालयको लागी पुस्तक तथा प्रिन्टर र ज्योती असहाय केन्द्र लाई गट्ठाघरलाइ नै तीन सय पाउण्ड रकम बराबरको किताब, कपि,झोला र जुत्ताहरु वितरण गरिएको कुरा सदस्य बालकृष्ण दाहालले बताएका छन । सहयोग बिवरण संस्थाको फेसबुक र वेबसाइटमा पनि देख्न सकिन्छ ।

यो संस्थाको मुख्य श्रोत हरेक सदस्यहरुको घरमा वितरण गरिएको पेनी बक्समा जम्मा भएका सिक्काहरु र सहयोगी मनहरुबाट प्राप्त सहयोग रकम हो । यस च्यारिटी डिनरबाट प्राप्त हुने रकम नेपालमा एउटा प्राथमिक बिद्यालय निर्माण कार्यको लागी सहयोग गरिने छ । च्यारिटी डिनरको लागी बयस्कको लागी बीस पाउण्ड र दश बर्ष भन्दामुनिका बच्चाको लागी दश पाउण्ड टिकट राखिएको कुरा आयोजक मध्येका एक सदस्य बालकृष्ण दाहालले बताएका छन । कार्यक्रमको आकर्षणको रुपमा नेपाल आतेजाते हवाई टिकटको लागी राफल ड्र समेत राखिएको कुरा दाहालले बताएका छन ।

 

बेलायतमा गठन गरिएका सयौं नेपाली संघसंस्थामा पद, माला र खादाको होडबाजी नै चलेको सन्दर्भमा यो संस्थाको विशेषता के छ भने यसमा कुनै पद बिभाजन गरिएको छैन । निर्बिबाद रुपमा सबै सदस्यहरु समान रुपमा क्रियासिल पाइन्छन । हाल यस संस्थामा पुकार श्रेष्ठ, आशिता गुरुङ, बालकृष्ण दाहाल, संगीता गुरुङ, दीर्घराज खान, प्रकाश गुरुङ, गंगा प्रसाद गुरुङ, अर्जुन सिंह, सुबिन गुरुङ, अमृत रामुदामु, शान्त श्रेष्ठ, इन्द्र क्षेत्री, जगन्नाथ सापकोटा, गदम राइ र नवराज न्यौपाने सदस्य रहेका छन ।

यस संस्थाले गर्न थालेको यस पबित्र कार्यमा समस्त युकेबासी महानुभाबहरुलाई सहयोगको लागी संस्थाले आग्रह गरेको छ । संस्थाको हालसम्मको गतिबिधि संस्थाको वेबसाइट http:।।apenny4nepal.co.uk।projects मा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *