/राजेश पायल राईको “बादलुको छायाँ मुनि” सार्बजनिक

राजेश पायल राईको “बादलुको छायाँ मुनि” सार्बजनिक

लोकप्रिय गायक राजेश पायल राईको  स्वरमा सजिएको रोमान्टिक गीत “बादलुको छायाँ मुनि”  गीतको म्युजिक भिडिओ सार्बजनिक भएको छ ।

चर्चित मोडेल तथा कोरिओग्राफर गम्भीर बिस्ट र जेबिका कार्कीलाई  फिचर्ड गरिएको यस गीतमा यी दुईको रोमान्टिक अभिनय हेर्न सकिन्छ ।

बेलायतमा बस्ने गीतकार कृष्ण आचार्यको शब्द र बेलायतमै बस्ने संगीतकार रमेश कायस्थको संगीत रहेको यस गीतको म्युजिक भिडिओ निर्देशन चर्चित युवा निर्देशक सुब्रत राज आचार्यले गरेका हुन् । जया शर्माको  सह–निर्देशन रहेको भिडियोलाई उत्सव धितालले  छायाँकन गरेका हुन् । गम्भीर बिस्टको कोरियोग्राफी रहेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका हुन् ।

Image may contain: 2 people, people smiling, people standing and text

Facebook Comments