- 72Shares
त्रिलोचन गौतम
रेडिङ, युके
११ फेब्रुअरी २०१९
रेडिङ नेपाली समाज (Greater Reading Nepalese Community Association) ले हिजो १० फेब्रुअरी श्रीपंचमीका दिन बिगत बर्षहरुझैँ यस पटक पनि सरस्वती पूजा मनायो। स्थानीय एक सभागृहमा भव्यताका साथ सम्पन्न उक्त कार्यक्रममा बालबालिका लगायत ठुलो संख्यामा रेडिङवासी भक्तालुहरुको समुपस्थिति रहेको थियो।
सरस्वतीको फोटो र पूजाको भब्य तथा रंगीचंगी सजावटकासाथ सुरु गरिएको यस कार्यक्रमलाई समाजका उपाध्यक्ष यादव श्रेष्ठले संचालन गरेका थिए भने उपस्थीत ज्येष्ठ नागरिक बिष्णुमाया कायस्थले पूजाको सुरुवात गरेकी थिइन् । सदस्य निर्मला न्यौपाने लगायतको समूहले पूजा तयारीमा बिशेष योगदान गरेको थियो भने समाजका अध्यक्ष कृष्ण न्यौपानेले सरस्वती पूजाको बारेमा प्रस्ट्याउदै यस संस्थाले नेपाली समुदायको बहुआयामिक बिकाशमा मद्दत पुर्याउदै आएको हुँदा थप सदस्यताकालागि बिशेष अनुरोध समेत गरे ।
रोचकताका साथ बालबालिकाहरुले सामुहिक रुपमा सरस्वती बन्दना गाउँदा ज्यादैनै रमाइलो भएको थियो । खास गरेर बालबालिकाहरुलाई आफ्नो संस्कार र संस्कृतिको सिप तथा महत्वका बारेमा निरन्तरता दिने उद्देश्यले मनाईएको यस कार्यक्रममा उनीहरुमा बिगत बर्षहरुको भन्दा अझ बढी आकर्षण बढेको पाइयो । यस तर्फ समाजका सदस्य त्रिलोचन गौतम, शेखर भट्टराई तथा सिद्दान्त घिमिरेको बिशेष योगदानमा बालबालिकाहरुलाई साहित्य प्रस्तुतिका साथै सरस्वतीको तस्बिर बनाउने, रंग भर्ने र रमाईलोकालागी म्युजिकल चेअर खेलाउने क्रियाकलाप भए।
त्यसैगरी बडो उत्साहका साथ बालिका आद्या भट्टराई, बालकहरु रविन देवकोटा र बिभिल दहालले सरस्वतीपूजाको महत्वका बारेमा प्रबचन दिए भने बालिका केनीशा गौतमले नेपाली भाषामै कविता सुनाएकी थिइन् । पूजामा फूल, अबिर, नैबेद साथ टिका-टालो, प्रसाद तथा फलफुल अनि पुरस्कार ग्रहण गरिरहदा उपस्थित हरेक बालबालिका मात्र नभई सम्पूर्णमा बडो रमाइलो अनुभूति भएको देखिन्थ्यो।
अन्त्यमा समाजका हरेक जसो भक्तालुले स्वस्फुर्त स्वयंसेवा गरी यस कार्यक्रमलाई सफल पारेकोमा बिशेष धन्यबाद दिईएको थियो ।
- “आरोप प्रत्यारोप र गालीगलौज यहिँ बन्द गरौं” – विश्व आदर्श पण्डित - March 24, 2021
- Nine year old girl sings a heart touching song! - April 7, 2020
- Reading Cup Football: An Amusing Celebration - September 26, 2019