त्रिलोचन गौतम ढिकीलाई ओखल जाँतोलाई मानी कोदाली खन्दै धान रोप्ने बानी हातमा अनौ हरिसमा नारा रोपाईंमा गाँउले रमाउदै सारा
खेतको मेलो आरामलाई चौतारो गोरुलाई हलो जुवालाई जोतारो खडेरी पर्दा त्यो चिम्ट्या माटो मेटाउन गाह्रो जोत्दामा रांटो समाउदै दांदे र जुवाको सैलो रोपारको रमझम हिलो र मैलो भर्दै छिन कलकल मूलको पानी खाजा पस्कने ती सानी नानी छेलोखेलो गरामा हिलो बिउको मुठो नगर ढिलो नाच्दै गाउँदै ती ठिटा ठिटी कती रमाइलो असारे बेठी
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by त्रिलोचन गौतम (see all)
- अठार बर्षिया एमा राडुकानुको हातमा ३० करोड: हामीले के सिक्ने? - September 30, 2021
- मेरो नेपाली मोह - September 14, 2021
- The Joy of 14th Reading Cup by GRNCA - September 6, 2021