लण्डनमा भब्य कविता कन्सर्ट, सिन्धुपाल्चोकको बिद्यालयलाइ १७ लाख

गत आइतबार बेलायतबासी नेपालीहरु कविताको जादुमा चुर्लुम्म डुबे। क्षेत्री समाज यूके (CSUK) को आयोजनामा भएको ‘कविता कन्सर्ट सिजन २’ मा  बेलायतका विभिन्न भेगबाट दुइ सय भन्दा बढी नेपालीहरु सहभागी  भएका थिए । लण्डनको ह्यारो फुटबल क्लबमा सम्पन्न उक्त कार्यक्रममा चर्चित युवाकवि नवराज पराजुलीको प्रमुख प्रस्तुति रहेको थियो ।

भाषण र आसन ग्रहण बिना नै कार्यक्रमको सुरुवात

गत वर्षको कविता कन्सर्ट जस्तै यसपाली पनि कार्यक्रम संयोजक तथा संचालक रामशरण सिंखडाले औपचारिक आशन ग्रहण तथा भाषण बिना नै कार्यक्रमको संचालन गरेका थिए।सहभागीहरुलाई स्वागत गर्ने मौका पाएका कवयित्री प्रतिमा के सी ले कवितामै स्वागत गरेपछि शुरुवात देखिनै माहोल कवितामय बनेको थियो।कार्यक्रमक प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदुत डा दुबसु क्षेत्रीले पनि कवितामै आकर्षक र संक्षिप्त मन्तब्य राखेका थिए। समय ब्यबस्थापन चुस्त र दुरुस्त राख्न कार्यक्रम अघि समय काउन्ट डाउन गरी निर्धारित समय मै कार्यक्रमको सुरुवात र अन्त्य गरिएको थियो ।

स्टार्टर कवि र कविता

कार्यक्रमक प्रमुख प्रस्तोता नवराज पराजुलीको प्रस्तुति अघि बेलायतवासी चार कविहरुले बेजोड प्रस्तुति दिए। गजलकार रेखा खरेल, छन्द कबि फडिन्द्र भट्टराई, गजलकार तथा संगीतकार रमेश कायस्थ र गीत र गजल मार्फत आफनो छवि उच्च बनाएका गजलकार नृपेश उप्रेतीले गजल र कविताहरु प्रस्तुत गर्दै गर्दा हल वाह वाह र ताली ले गुन्जायमान थियो। नृपेश उप्रेती, फडिन्द्र भट्टराई र रमेश कायस्थ ले गत बर्षको कविता कन्सर्टमा पनि धमाकादार प्रस्तुति दिएका थिए।

कबि नवराजको जादुइ प्रस्तुति

कार्यक्रमक प्रमुख प्रस्तोता नवराज पराजुलीले आफ्नो करिब डेढ घण्टाको प्रस्तुतिका क्रममा आधा दर्जन कविताहरु सुनाएका थिए ।

उनको चर्चित कविता हेप्पी बर्थडेदेखि लण्डन कन्सर्टमै पहिलोपटक वाचित प्रहरी कवितासम्मलाई दर्शकले खुबै मन पराए ।

‘वामपन्थी लभ’ शीर्षकको रोमान्टिक कविताबाट सुरु भएको उनको प्रस्तुतिको दोस्रो क्रममा थियो कविता ‘रुख’ । जवानीमा श्रीमती गुमाएर पनि छोराछोरीप्रतिको खातिर एक्लो जीवन बिताएका बृद्धको वेदना बोकेको कविताले धेरैलाई भावुक बनायो ।

एकल जीवन काटिरहेका वृद्धको कथा बोकेको रुख कवितादेखि बुवाप्रति समर्पित बुवा कवितासम्म सुन्ने धेरै श्रोताले पराजुलीका कवितामा आफ्नै भावनाहरु समेटिएको महसुस गरे।

विद्यालयलाई १७ लाख

कविता कन्सर्ट-२ बाट सिन्धुपाल्चोकको एक विद्यालयको लागि १७ लाख रूपैयाँ संकलन भएको छ।

कन्सर्टका संयोजक रामशरण सिम्खडालेका आनुसार यो रकम सिन्धुपाल्चोक टेकनापुरस्थित कालिका माविमा २ कोठे भवनसहितको विद्युतीय पुस्तकालय बनाउन सहयोग गरिनेछ ।

आयोजक क्षेत्री समाज बेलायतका अध्यक्ष राजन क्षेत्रीले कार्यक्रम समापन गर्दै सहयोगीहरुप्रति आभार प्रकट गरे ।

सिम्खडाकै संयोजनमा गत वर्ष कवि नवराज पराजुलीकै प्रस्तुतिमा गत वर्ष पहिलो कविता कन्सर्ट आयोजना भएको थियो ।

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *