/रेडिंग नेपाली समाजको नयाँ कार्यसमिति चयन

रेडिंग नेपाली समाजको नयाँ कार्यसमिति चयन

त्रिलोचन गौतम

रेडिंग, यु.के.

रेडिंग नेपाली समाज (Greater Reading Nepalese Community Association; GRNCA) ले आफ्नो दशौँ महाधिवेशन तथा अठारौँ स्थापना दिवसका साथ हिजो मार्च ३१ का दिन दशौँ कार्यसमिति चयन गरेको छ । स्थानीय एक सभाकक्षमा महासचिब ओमकार अधिकारि द्वारा संचालित उक्त समारोहका प्रमुख अतिथि एन आर एन ए युकेका अध्यक्ष योग कुमार फगामी रहेका थिए भने सभाको सभापतित्व समाजका वर्तमान अध्यक्ष कृष्ण न्यौपानेले गरेका थिए ।

पहिलो चरणको कार्यक्रममा आसन ग्रहण र राष्ट्रियगान पछि १८ वटा पानसमा सभापति, प्रमुख अतिथि र संपूर्ण स्थानीय संघ सँस्थाका प्रतिनिधि र सल्लाहकारहरुको बाहुलीबाट सँयुक्त रुपमा बत्ती बालि, केक काटेर समाजको स्थापना को १८ औँ बार्षिकोत्सब उद्घाटन गरियो ।

ऊपाध्यक्ष भीमसेन खड्काले स्वागत मन्तब्य दिए भने पूर्व अध्यक्ष द्वय मान बहादुर गुरुङ र कीर्तिबिलास पन्त तथा सल्लाहकार द्वय राम गलामी र बिश्व आदर्श पण्डितले शुभकामना शन्देश दिएका थिए । राम गलामिले सबै जातजातिले अर्थपूर्ण रुपले सहभागिता जनाउनुपर्नेमा जोड दिए भने विश्व पण्डितले आगामी पुस्ताले पनि हाम्रो आफ्नो डायस्पोराको मौलिकता कायम राख्न सक्ने वातावरण मिलाउन सक्नुपर्ने आसय राखे । प्रमुख अतिथि फगामीले शुभकामना मन्तब्यका साथ एन आर एन युकेको दोहोरो नागरिकता अभियान र भाबी रणनितीको बारेमा प्रस्ट पारे । सभापति न्यौपानेले आफ्नो दुई बर्षे कार्य कालको बारेमा आफ्ना धारणा राख्दै नयाँ बन्ने कार्यसमितीलाई केहि सुझाब पनि ब्यक्त गरे ।

दोस्रो चरणमा महासचिव ओमकार अधिकारीले बार्षिक कार्यप्रगती प्रतिबेदन तथा कोषाध्यक्ष टेक गुरुङले लेखापरिक्षण प्रतिबेदन प्रस्तुत गरे । दुबै प्रतिबेदन महाधिवेशन बाट सर्वसम्मत पारित गरिए ।

तत्पश्चात तेश्रो चरणमा निर्बाचन समितीको तर्फबाट संयोजक डा. गंगाराम दाहालले GRNCA का बारेमा आफ्ना धारणा ब्यक्त गर्दै स्वतन्त्र, पारदर्शी र प्रजातांत्रिक निर्वाचन प्रक्रियाको बारेमा प्रस्ट्याए । निर्वाचन बिना नै सहमतिका आधारमा कार्यसमिति निर्विरोध चयन भएको सन्धर्भमा निर्बाचन समिती सदस्य ढक गुरुङले चयन भएका कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको नामावली पढेर सुनाएपछी समिती सदस्य द्वय पूर्व अध्यक्षहरु महेश गुरुङ र अर्जुन बस्नेतले उनीहरुलाई संयुक्त रुपमा प्रमाण-पत्र बितरण गरेका थिए । अन्त्यमा डा. दाहालको समितिले कार्यसमितिलाई बधाई दिदै संयुक्त रुपमा सफत ग्रहण गराएको थियो ।

नयाँ कार्यसमितीको अध्यक्ष टेक गुरुङ रहे भने उपाध्यक्षमा भिमसेन खड्का, यादब श्रेष्ठ , शुसिला गुरुङ, धन रानामगर, प्रबल घिषिंग, योगराज लिम्बु, महासचिबमा ओमकार अधिकारी, सचिब बिक्रम श्रेष्ठ, कोषाध्यक्ष सरोज थापा, सह- कोषाध्यक्ष जगन्नाथ सापकोटा , सदस्यहरु ईमानसिंग राई , तुल बहादुर गुरुङ, बन्दना केसी, हरिमाया गुरुङ, लक्ष्मण श्रेष्ठ, रोमा गुरुङ, हिम्मत सिटौला, सुरेस जंग थापा, रुद्र गुरुङ, अस्मिन श्रेष्ठ, मोहन कटुवाल, ऊदय घिसिंग, मनी सुबेदि रहेका छन ।

यसै बिच नयाँ कार्यसमितीलाई शुभकामना र बधाई दिँदै युवा समाजसेवी प्रेम गुरुंग, आमा समूह रेडिंगकी संस्थापक एकमाया थापा, निवर्तमान प्रथम महिला निर्मला न्यौपाने, र निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेले आ-आफ्ना धारणा ब्यक्त गरे । अन्त्यमा नव-निर्वाचित अध्यक्ष टेक गुरुङको मन्तब्यका साथ कार्यक्रम समापन गरिएको थियो ।

स्मरण रहोस रेडिंग नेपाली समाज युकेमा दर्ता भएका नेपाली संस्था मध्ये धेरै ख्याती प्राप्त संस्थाका रुपमा लिन सकिन्छ र रेडिंगवासी नेपालीकालागि सामाजिक सम्बाहनको मुख्य माध्यम पनि भएको छ ।

Facebook Comments