नयाँ बर्ष मनाउने भब्य तयारीमा रेडिंग नेपाली समाज

लण्डन-काठमाडौँ सम्बाददाता

१० अप्रिल २०१९

सदा झैँ यस पटक पनि रेडिंग नेपाली समाज (GRNCA) ले नयाँ बर्ष २०७६ भव्यताका साथ मनाउने भएको जानकारी संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीमसेन खड्काले हामीलाई जानकारी गराएका छन ।

GRNCA को निमन्त्रणा जस्ताकोतस्तै यस प्रकार:

 

हार्दिक निमन्त्रणा !!!

सर्बप्रथम यहाँहरुको सपरीवारमा नयॉ बर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामाना ब्यक्त गर्दछौ । बिगतका वर्षहरूझै यस वर्ष पनि GRNCA ले नेपालीहरुको नयॉ बर्षको पावन अबसरमा “शुभ-कामना विशेष कार्यक्रम” यही 13 April 2019 सॉझ ६ बजे देखि १०:३० बजे सम्म The Wearehouse, Cumberland Rd, RG1 3LB को sports हलमा भव्यताकासाथ मनाउन गईरहेका छौ । उक्त दिन मीठो खानासहीत नेपालबाट आउनुभएका चर्चित गायक हिमाल सागर र आशीष सचिनको बेजोड प्रस्तुती र स्थानिय कलाकारहरुको नृत्य सहित सॉस्कृतीक कार्यकममा तपाईहरूको गरिमामय उपस्थीतीको लागी हार्दिक अनुरोध गर्दछौ ।

(विशेष अनुरोध: नयॉ बर्षको कार्यक्रममा तपाईहरुको नानी-बाबुको डान्स तथा केही प्रस्तुती भए निम्न ब्यक्तीहरु संग सम्पर्क गर्नुहोला र यहाहरुले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नुहुनेछ ।)

सम्पर्क :

  • भीमसेन खड्का -संयोजक 07727287171
  • ओमकार अधिकारी – महसचिब -07737706152
  • LB सुब्बा – उपाध्यक्ष -07828664587
  • मणि सुबेदी – Dance Director – 07814020815

टिकट दर : £12 for Adults,  £ 8 for children (5-12 yrs )

Free entry for Under 5 yrs

आयोजक :- ग्रेटर रेडिंग नेपाली समाज ( GRNCA)

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *