/रामकृष्ण ढकालको अर्को मर्मस्पर्शी गीत (भिडीयो सहित)

रामकृष्ण ढकालको अर्को मर्मस्पर्शी गीत (भिडीयो सहित)

लोकप्रिय तथा सदाबहार गायक रामकृष्ण ढकालको स्वर रहेको निकै मार्मिक गीत ‘न दिलमा बास दिएउ.… ’ नयाँ बर्ष २०७६ को संघारमा म्युजिक नेपालले भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक गरेको छ । गीतकार नारायण कँडेलका गहकिला तथा भाबबिभोर पार्ने शब्दहरुलाई चर्चित संगीतकार रेखा पौडेलको उत्कृष्ट संगीतमा उनले जादूमय स्वर भरेका हुन्।
सिद्धि मेडिया प्रा लि द्वारा निर्मित कारुणिक यस गीतमा अमित शाह र सिर्जना बिस्टको मर्मस्पर्शी अभिनय रहेको छ। प्रविन थापा द्वारा निर्देशित यस कर्णप्रिय गीतको भिडियो सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् भने छायांकन नमराज घिमिरेले गरेका हुन्। समग्रमा उत्कृष्ट बनेको यो गीतले करोडौ दर्शक स्रोताहरुको मन जित्ने कुरामा कुनै शंका छैन।दर्शक स्रोताहरुको अपार अनि अविछिन्न माया मिलि रहोस् , नारायण कंडेल तथा सम्पूर्ण टिमलाई लन्डन काठमाण्डौ परिवार हार्दिक बधाई तथा पूर्ण सफलताको कामना गर्दछ। भिडीयो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस।

Facebook Comments