त्रिलोचन गौतम
रेडिंग, युके
२० मे २०१९

प्रबासमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कबिता संग्रह पानीको बिद्रोह हालै प्रकासित भएको छ । जनता प्रकासन तथा प्रसारणले प्रकासित गरेको उक्त कृतिमा उन्नापचासवटा गद्य कविताहरु समाबेश गरिएका छन् । नेपाली साहित्यका बरिस्ठ प्रगतिवादी साहित्यकार मोदनाथ ‘प्रश्रित’ ले भूमिका लेखेको सो कृतिमा बेलायतका लागी नेपाली राजदुत तथा साहित्यकार डा. दुर्गा बहादुर सुबेदीले शुभकामना मन्तब्य लेखेका छन । साहित्यकार डा. रुपक श्रेष्ठ, लक्ष्मी राइ (लारा), दुर्गा प्रसाद पोख्रेल तथा बिनोद अधिकारीले संक्षिप्त शुभकामना भनाइ लेखेको उक्त कृतिमा अक्सफोर्ड बिश्वोबिध्यालयका अनुसन्धाता डा. कृष्ण प्रसाद अधिकारी, वातावरण साहित्यकार विजय हितान र समालोचक बासु शर्माले समेत समालोचनात्मक टिप्पणी लेखेका छन् ।
कवितामा खासगरी प्रबासमा रहंदा बस्दाका तितामिठा अनुभबहरु, देश प्रतिको माया, भूकम्पले गाउँशहर क्षतविक्षत पार्दाको बर्णन, आजभोलि डरलाग्दो रुपमा बढिरहेको महिला हिँसा र बिबिध सामाजिक परिवेशहरु समाबेश गरिएको छ । वहाँका दर्जनौ गीत, कबिता, गजल र मुक्तकहरु बिभिन्न पत्रपत्रिका तथा पुस्तकहरुमा प्रकासित भैसकेका छन् तर एकल कृतिको रुपमा प्रकासित भने यो नै पहिलो कृति हो ।
साहित्य सृजनालाइ नेपालमा निर्माणसंग जोड्नु पर्छ भन्ने मान्यता राख्ने साहित्यकार प्रतिमा केसीले वि सं २०७२ सालमा नेपालमा विनासकारी भूकम्प गएको बेला उत्प्रेरणा जगाउने खालको “हिम्मत” भन्ने म्युजिक भिडियो बजारमा ल्याएकी थिइन । त्यसबाट जम्मा भएको सम्पूर्ण रकमबाट गोरखाको बिकट गाउँ आरु आर्बांगमा दीपज्योती प्राथमिक बिद्यालयको दुइकोठे भवन निर्माण गर्न सहयोग गरेकी थिईन ।
त्यसै गरी यस कबिता संग्रहबाट हुने सम्पूर्ण आन्दानीबाट रुपन्देही जिल्लाको कुनै एक विद्यालयको आमा वा बुवा नभएका कम्तीमा दुइजना बेसहारा तथा जेहेन्दार बिद्यार्थीको लागी माध्यमिक तहसम्म अध्ययनको लागी प्रतिमा कुमार फाउन्डेसन मार्फत सहयोग गरिने कुरा उनले सार्बजनिक गरेकी छन ।
उक्त कृति आगामी २ जुनमा बेलायतका लागि नेपाली राजदुत तथा वरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुबेदी (दुबसु) क्षेत्रीले वातावरण साहित्य गोष्ठीमा एक समारोह बीच बिमोचन गर्ने कार्यक्रम रहेको कुरा कवयित्री केसीले बताएकी छन । उक्त कार्यक्रमको संयोजन वातावरण साहित्यकार विजय हितानले गरिरहेका छन । नेपाल तथा बेलायतको रेडिंगमा समेत बिमोचन गर्ने कार्यक्रम तय भैसकेको कुरा उनले हामीलाई बताएकी छन ।
- अठार बर्षिया एमा राडुकानुको हातमा ३० करोड: हामीले के सिक्ने? - September 30, 2021
- मेरो नेपाली मोह - September 14, 2021
- The Joy of 14th Reading Cup by GRNCA - September 6, 2021