क्षेत्री समाज युकेको बार्षिक भेटघाट ८ जुनमा फेल्थाममा हुने

लण्डन काठमान्डौ सम्बाददाता

क्षेत्री समाज युके बेलायतमा निकै ब्यबस्थित र सक्रिय संगठनको रुपमा गनिन्छ । यसले गर्ने बिबिध कल्याणकारी तथा मनोरन्जनात्मक कार्यक्रमहरु मध्य हरेक बर्ष गरिने बार्षिक भेटघाट कार्यक्रम एक प्रमुख कार्यक्रम हो र त्यस कार्यक्रममा युकेभर छरिएर रहेका अधिकांश क्षेत्री तथा गैर क्षेत्रीहरुको बाक्लो उपस्थिति रहने गरेको पाइन्छ । गतबर्ष अल्डरसटमा एक भब्य कार्यक्रम आयोजना गरेको थियो भने यसबर्षको कार्यक्रम फेल्थामको इस्प्रिंग उड कलेजमा ८ जुनमा  हुन गैरहेको कुरा कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष प्रतिमा केसीले बताएकी छन्  ।

उक्त कार्यक्रममा यस बर्ष शैक्षिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गर्ने समाजका सदस्यहरु तथा उनीहरुका छोराछोरीहरुलाई  बिशेष सम्मान गरिने छ भने सिन्धुपाल्चोकमा विद्युतीय पुस्तकालय निर्माणको लागी हालै सम्पन्न कबिता कन्सर्ट तथा च्यारिटी कार्यक्रममा आफ्ना सृजना प्रस्तुत गर्ने सर्जकहरु रमेश कायस्थ, नृपेश उप्रेती, फडिन्द्र भट्टराई र रेखा खरेललाइ सम्मान गरिने कुरा च्यारिटी कार्यक्रम संयोजक तथा समाजका सल्लाहकार राम शरण सिम्खडाले बताएका छन ।

समाजका अध्यक्ष्य राजन कुमार क्षेत्रीका अनुसार गतबर्षहरुमा बाढी पीडितहरुलाई आर्थिक सहयोग, गुल्मीमा आगलागी पीडितहरुलाई राहत सहयोग, हृदयघात भै मृत्यु भएका परिवारहरुलाई सहयोग, अभिनेता दीपक क्षेत्री र गायक ओम बिक्रम बिष्टलाइ आर्थिक सहयोग र शान्ती अधिकारीलाई मृगौला प्रत्यारोपणको लागी आर्थिक सहयोग जस्ता यस समाजले गरेका केहि उलेख्य कामहरु हुन । समाजले गत बर्ष समाजको लागी आपतकालीन राहतकोष र यस बर्ष सिन्धुपाल्चोकमा पुस्तकालय निर्माणको लागी भब्य च्यारिटी डिनर समेत सम्पन्न गरिसकेको छ ।

१२० जना भन्दा बढी आजिबन सदस्य रहेका यस समाजमा यस बर्ष मात्र सदस्यता लिएका नयाँ सदस्यहरुलाई सम्मान सहित सदस्यता प्रदान गरिने कुरा कार्यबाहक कोषाध्यक्ष्य महेन्द्र केसीले बताए । त्यसै गरी युवाहरुलाई सक्रिय बनाउने उद्धेश्यले बाल तथा युवाहरुको छोटो मन्तब्य, सांस्कृतिक कार्यक्रम  तथा कबिता जस्ता कार्यक्रमहरु समाबेश गरिनेछ भने सहभागीहरुलाई पूर्ण मनोरंजन दिनको लागी समाजका कलाकार र नेपालबाट बेलायत आएका चर्चित लोक तथा दोहोरी कलाकारहरुले समेत  बिशेष प्रस्तुति दिने  कुरा समाजका महासचिब कुमार केसीले बताए ।

कार्यक्रमका सहसयोजक तथा क्षेत्री समाज युकेका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार हालसम्म हल बुकिंग, अथिति निमन्त्रणा, टिकट बिक्रि वितरण, कलाकारहरुलाई निमन्त्रणा  र सौजन्य सहयोग लगायतका कामहरु सम्पन्न भै कार्यक्रम अन्तिम तयारीमा रहेको छ ।

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *