क्षेत्री समाजको बार्षिक भेटघाटमा कुलेन्द्र बिक र भूमिका गिरीको दोहोरी धमका

क्षेत्री समाज युकेको यस बर्षको बार्षिक भेटघाट कार्यक्रम आगामी ८ जुनमा बेलायतको फेल्थाममा हुने भएको छ । हरेक बर्ष भब्य रुपमा आयोजना गरिने यस्तो भेटघाट कार्यक्रममा खास गरी मनोरन्जन, भेटघाट तथा बिभिन्न क्षेत्रमा उच्च सफलता प्राप्त गर्ने महानुभावहरुलाई सम्मान गर्ने गरेको पाइन्छ । यस बर्षको कार्यक्रममा मनोरन्जनको लागी अहिलेका चर्चित लोकदोहोरी गायक कुलेन्द्र बिक र भूमिका गिरीले आफ्नो प्रस्तुति दिने कुरा समाजका अध्यक्ष्य राजन कुमार क्षेत्रीले बताउनु भएको छ ।

यस बर्षको कार्यक्रममा समाजका नयाँ पुस्ताका युवाहरुलाई सहभागी गराउने उद्धेश्यले उनीहरुबाट कबिता बाचन, नाँच प्रस्तुति, गीत प्रस्तुति र मन्तब्य जस्ता कार्यक्रम गरी उनीहरुको अधिकतम सहभागीता गराइने छ । समाजका सल्लाहकार राम शरण सिम्खडाका अनुसार सिन्धुपाल्चोकको टेकनपुर स्थित  कालिका माबिमा विद्युतीय पुस्तकालय निर्माणको लागी हालै सम्पन्न कबिता कन्सर्ट तथा च्यारिटी कार्यक्रममा आफ्ना सृजना प्रस्तुत गर्ने सर्जकहरुलाइ बिशेष सम्मान गरिने छ ।

कार्यक्रमको अर्को आकर्षण राफल ड्र रहेको छ । त्यसमा एउटा परिवारको लागी ३ दिनको क्याराभान होलिडे, सुनको तिलहरी, जन्तर, चन्द्रमा लगायत ६ वटा आकर्षक पुरस्कारहरु ब्यबस्था गरिएको छ ।

समाजले बिगतबर्षहरुमा बाढी पीडितहरुलाई आर्थिक सहयोग, गुल्मीमा आगलागी पीडितहरुलाई राहत सहयोग, हृदयघात भै मृत्यु भएका परिवारहरुलाई सहयोग, अभिनेता दीपक क्षेत्री र गायक ओम बिक्रम बिष्टलाइ आर्थिक सहयोग र प्रतिनिधी सभाका सांसद शान्ती अधिकारीलाई मृगौला प्रत्यारोपणको लागी आर्थिक सहयोग जस्ता प्रसंशनीय काम गरिसकेको छ । समाजले गत बर्ष समाजको लागी आपतकालीन राहतकोष र यस बर्ष सिन्धुपाल्चोकमा पुस्तकालय निर्माणको लागी भब्य च्यारिटी डिनर समेत सम्पन्न गरिसकेको छ ।

यस कार्यक्रमका संयोजक तथा समाजकी उपाध्यक्ष्य प्रतिमा केसीका अनुसार कार्यक्रम तयारी अन्तिम चरणमा पुगीसकेको छ । कार्यक्रममा गैर आवासीय नेपाली संघ, ठकुरी समाज, पर्बत वेलफेयर सोसाइटी, चितवन एड ट्रष्ट, नेपाल पत्रकार महासंघ युके, पासापुच युके, जान्वी फाउन्डेसन नेपाल, यति एसोसिएसन, गुल्मी जिल्ला समाज लगायतका संघसंस्थाहरुलाई आमन्त्रण गरिएको छ । केसीका अनुसार कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी हुनेछन भने सामाजिक अभियन्ताहरु रबिजंग लामिछाने तथा कृष्ण तिमिल्सिनाको उपस्थिति रहने छ । त्यसै गरी मिस इंग्ल्याण्ड फाइनलिस्ट प्रतिष्ठा राउत, जान्वी फाउन्डेसनका अध्यक्ष्य तथा नायिका जान्वी बोहराको समेत उपस्थिति रहने छ । कार्यक्रम संयोजक केसीले बेलायतबासी सम्पूर्ण क्षेत्री तथा गैर क्षेत्रीहरुलाई सहभागीताको लागी अपिल गरेकी छन् ।

प्रतिमा केसी संयोजक र समाजका संचार संयोजक नरेन्द्र बस्नेत सहसंयोजक रहेको ३६ सदस्यीय आयोजक समितिले यसको ब्यबस्थापन  गरिरहेको छ ।

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?