साहित्यकार प्रतिमा केसीको कबिता संग्रह ‘पानीको बिद्रोह’ बिमोचन

११ जुन २०१९

प्रबासमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कबिता संग्रह पानीको बिद्रोह हालै एक समारोहका बिच लोकार्पण भएको छ । गत जुन ८ तारिखमा बेलायतका लागी नेपालका राजदुत तथा बरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुबेदी र श्रीमती पुनम राज्य लक्ष्मी सुबेदीले उक्त कृति क्षेत्री समाज युकेको बार्षिक भेटघाट कार्यक्रममा लोकार्पण गरेका हुन । अन्तरास्ट्रिय गैर आवासीय नेपाली संघका उपाध्यक्ष्य कुल आचार्य, अन्तरास्ट्रिय गैर आवासीय नेपाली संघका सदस्य राम शरण सिम्खडा, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष्य योग कुमार फगामी, क्षेत्री समाज युकेका प्रमुख संरक्षक ध्रुब केसी र क्षेत्री समाज युकेका अध्यक्ष्य राजन कुमार क्षेत्री समेतले यसको  संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

उक्त कृति बारे आफ्नो समालोचनात्मक मन्तब्य राख्दै साहित्यकार डा. दुबसु क्षेत्रीले पानीको बिद्रोह एउटा अत्यन्तै शिष्ट भाषामा लेखिएको बिसिष्ट र पठनीय कृति हो भनेका थिए । उनले यो कृति एक पटक सबैले पढ्नु पर्ने भन्दै प्रतिमा केसी जस्ता साहित्यकारहरु प्रबासमा मात्र होइन नेपालमा रहेर साहित्यको सेवा गर्नु पर्ने कुरा व्यक्त गरेका थिए । उनले कृति बारे थप चर्चा गर्दै प्रबासमा पैयुँ फुल्दा, पानीको बिद्रोह, परदेशमा पो देश दुख्दो रहेछ जस्ता उनन्पचास वटा हरेक कविताका बिम्ब र प्रतिकहरु बिशेष लाग्छन भनेका थिए । शिर्षक कबिता पानीको बिद्रोह बारे  उनले भने पानीले खहरेमा बिद्रोह गरे पनि समुन्द्रमा पुगेपछि शान्त रहने कुरा बिम्बात्मक रुपमा प्रस्तुत गरेको  बताए।

त्यसै गरी सो कृति गत २ जुनमा बेलायतको वुलविचको फ्युजन रेस्टुरेन्टको सभा हलमा वातावरण साहित्यको एक  गोष्ठीमा समेत सो कृतिको डा. दुबसु क्षेत्री, साहित्यकार बासु शर्मा, बिनोद अधिकारी र बातावरण सहित्यकार विजय हितानले संयुक्त रुपमा यसको लोकार्पण गरेका थिए । सो समारोहमा पनि कृति बारे चर्चा गर्दै डा. दुबसुले भनेका थिए कवयित्री प्रतिमा केसी शिष्ट भावनाको बिशिस्ट कवयित्री हुन । उनको कविताको शिस्टता भित्र बिशिस्टता छ भनेका थिए ।

जनता प्रकासन तथा प्रसारणले प्रकासित गरेको उक्त कृतिका बारे नेपाली साहित्यका बरिस्ठ प्रगतिवादी साहित्यकार मोदनाथ ‘प्रश्रित’ ले भूमिका लेखेको  सो कृतिमा डा. दुबसू क्षेत्रीले  शुभकामना मन्तब्य लेखेका छन । साहित्यकार डा. रुपक श्रेष्ठ, लक्ष्मी राइ (लारा), दुर्गा प्रसाद पोख्रेल तथा बिनोद अधिकारीले संक्षिप्त शुभकामना भनाइ लेख्नु भएको उक्त कृतिमा अक्सफोर्ड बिश्वोबिध्यालयका अनुसन्धाता डा. कृष्ण प्रसाद अधिकारी, वातावरण साहित्यकार विजय हितान र समालोचक बासु शर्माले समेत समालोचनात्मक टिप्पणी लेखेका छन् ।

क्षेत्री समाज युकेको हरेक बर्ष हुने मनोरन्जनात्मक बार्षिक कार्यक्रममा समाजका सदस्यहरुले प्राप्त गर्ने शैक्षिक तथा अन्य उपलब्धीमा सम्मान गर्ने परम्परा रहेको छ ।  निकै मनोरंजनात्मक रुपमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा ३५० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो ।

कवितामा खासगरी प्रबासमा रहंदा बस्दाका तितामिठा अनुभबहरु, देश प्रतिको माया, भूकम्पले गाउँशहर क्षतविक्षत पार्दाको बर्णन, आजभोलि डरलाग्दो रुपमा बढिरहेको महिला हिँसा र बिबिध सामाजिक परिवेशहरु समाबेश गरिएको छ ।  वहाँका दर्जनौ गीत, कबिता, गजल र मुक्तकहरु बिभिन्न पत्रपत्रिका तथा पुस्तकहरुमा प्रकासित भैसकेका छन् तर एकल कृतिको रुपमा प्रकासित भने यो नै पहिलो कृति हो ।

साहित्यकार- प्रतिमा केसी

साहित्य सृजनालाइ नेपालमा निर्माणसंग जोड्नु पर्छ भन्ने मान्यता राख्ने साहित्यकार प्रतिमा केसीले वि सं २०७२ सालमा नेपालमा विनासकारी भूकम्प गएको बेला उत्प्रेरणा जगाउने खालको “हिम्मत” भन्ने म्युजिक भिडियो बजारमा ल्याउनु भएको थियो । त्यसबाट जम्मा भएको सम्पूर्ण रकमबाट गोरखाको बिकट गाउँ आरु आर्बांगमा दीपज्योती प्राथमिक बिद्यालयको दुइकोठे भवन निर्माण गर्न सहयोग गरेकी थिईन । त्यसै गरी यस कबिता संग्रहबाट हुने सम्पूर्ण आन्दानीबाट रुपन्देही जिल्लाको पशुपति माध्यमिक  विद्यालयको एक  जेहेन्दार छात्रालाई माध्यमिक तहसम्म अध्ययनको लागी प्रतिमा कुमार फाउन्डेसन मार्फत सहयोग गर्ने र उनको अभिभावकत्व समेत लिने कुरा सार्बजनिक गरेका छन् ।

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *