नेपाली महिलाहरुको महान पर्ब तीजमा धेरै तीज सम्बन्धि गीतहरु हरेक वर्ष सार्वजनिकक हुने गर्दछन् । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज सम्बन्धि गीतहरु भने सार्वजनिक भइरहेका छन् । यसै मेसोमा सङ्गीतकार तथा गायिका रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा’ सार्वजनिक भएको छ ।
मंगलबार सार्वजनिक गरिएको रेखाको ‘बरिलै तीजमा’ मा सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकासँगै रेखा र अन्य कलारको पनि आकर्षक नृत्य रहेको छ भिडियोमा । गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको यो तीजगीतमा कृष्ण बि.क.को एरेञ्ज र श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ ।

विदुर सिवाकोटी नृत्य निर्देशन, भिजन सिवाकोटीको सहायक निर्देशन रहेको गीतको भिडियोलाई शिव पंगेनी र समूहले छायाँकन गरेको हो । मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । भिडियो सहित :
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021