रेडिंगमा भब्य, मनोरंजनात्मक फुटबल खेल हुने

त्रिलोचन गौतम

रेडिंग, युके

५ अगस्त, २०१९

 

ग्रेटर रेडिंग नेपाली समाज (GRNCA ) ले गत १२ बर्ष देखी नियमित रुपमा आयोजना गर्दै आएको Reading Cup Football Tournament यस पटक पनि यही आऊँदो अगस्त २४ का दिन East Reading स्थित Palmer Park मैदानमा आयोजना गर्दैछ ।

तेह्रौँ (13th) Reading Cup Football Tournament को रुपमा खेलाईने यो खेल रेडिंगवासी नेपालीमा जसरि लोकप्रिय रहेको छ, रेडिंग नेपाली समाजको एऊटा प्रमुख तथा महत्वपूर्ण कार्यक्रम पनि हो ।

बिशेष गरेर नेपाली समुदायका युवाहरुको व्यक्तित्व विकासका साथै सम्पूर्ण नेपाली समुदायकै पहिचान, अस्तित्व, अखंड़ता र स्थानिय अन्य समुदाय संग सहसतित्व कायम राख्नकालागि पनि यस खेलको महत्व रहेको ठहर गरिन्छ । यस खेलमा Youth र Veterans सहित दुई समुहगरी झण्डै २० देखी २४ टिमले भाग लिने कुरा संस्थाका महांसचिव ओमकार अधिकारीले हामीलाई जानकारी गराएका छन् । एक भब्य मेलाका रुपमा भिभिन्न खानाका परिकार तथा अन्य मनोरंजनका साथ सुसम्पन्न हुँदै आएको यो कार्यक्रम सबै खाले नेपाली तथा गैर नेपालीहरुकालागि पनि एक प्रमुख आकर्षण बन्दै आएको छ ।

टुर्नामेन्टको पुरस्कारकालागि Winners Prize Youth तर्फ £1600 र Veterans तर्फ £1000 तथा Runner-up Prizes मा Youth तर्फ £1000 र Veterans तर्फ £500 को ब्यबस्था गरिएको छ  । यसकालागी संस्थाले मनकारी महानुभाबको सहयोगको अपेक्षा गर्दै इच्छुक व्यक्तिहरुबाट आर्थिक सहयोगकालागि अनुरोध समेत गरिएको छ ।

यसै संबन्धमा समाजका सदस्यहरुबाट सल्लाह र सुझाब संकलन गर्ने उद्देश्यले यहि अगस्त १ तारिकका दिन mass meeting गरिएको पनि हामीलाई जानकारी भएको छ । संस्थाले सम्पूर्ण रेडिंगवासी दाजुभाई दिदिबैनी हरुलाई समुस्पस्थितीको लागी विभिन्न माध्यमबाट हार्दिक अनुरोघ पनि गरेको छ ।

Londonkathmandu.com को तर्फबाट टुर्नामेन्टको पूर्ण सफलताकोलागि  अग्रिम सुभकामना ब्यक्त गरिन्छ ।

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *