रुक्मिणी सापकोटा घिमिरे (स्मल हेभन मोडल स्कुलकी शिक्षिका)को शाहसिक साइकल यात्रा बर्णन
तिहारको भोलिपल्ट उधोग बाणिज्य संघका कार्यसमिती सदस्य तथा नेपाल बोटल उधोग संघकाकेन्द्रीय उपाध्यक्ष सोम प्रसाद काप्री,चितवन राइडर्स क्लबका कोषाध्यक्ष धर्मराज सापकोटा रअन्य राइडर्श क्लबका साथिहरुले नारायणगढबाट बिदाइ गरेपछि हाम्रो यात्रा नारायणगढ, मुग्लिङ ,धादिङ हुँदै जोगिमारा, कोट,हात्तिबाङ, उपरडाङगढीसम्मको यात्रा सुरु भयो । पहिलोदिन हामी नारायणगढ हुँदै मुग्लिङ , हुडिखोला ,जोगिमारा, कोट हुँदै हात्तीबाङ पुग्न सफल भइयो। हाम्रो यात्रामा ७ जना सदस्य रहेका थिए । यात्राको नेतृत्व
चितवन राइडर्स क्लबका अध्यक्षनवीन खरेलले गर्नु भएको थियो र सह–नेतृत्व भने सहकर्मी रामचन्द्र सुवेदी र केशव घिमिरेले गर्नुभएको थियो । अन्य साथी भाइहरुमा रोनिश कर्माचार्य,मनिश ,देवशिस थिए । हामी हात्तिबाङकरिब १३ घन्टाको राइडिङमा पुगेका थियौ त्यसैले हामी खाना खाएर केही बेर रमाइलो यात्राकोगफ गर्दै सुत्न तिर लाग्यौ । भोलि पल्ट बिहान हामी चितवनको सबै भन्दा अग्लो पहाड सिराइचुलीघुम्यौ । वरिपरिबाट हिमालै हिमाल हासिरहेको दृश्यले हामी सबैलाई मनमोहक बनायो । जङ्गलभरी गुराँसको रुख अनि थरी थरीका फुलले अझ वातावरणलाइ मनमोहक बनाइरहेको थियो ।हामी करिब दुई घन्टाको बसाइ पछि तल हात्तिबाङ झयौँ । हात्तीबाङ नाम कसरी भयो भन्नेजिग्याशालाई मेटाउन हामी बसेको होटेलका बुबाले त्यही अगाडि हात्तिको स्वरुप भएको ढुङ्गादेखाउदै केही रोचक कथा सुनाउनु भयो । हामीले हात्तिबाङमा सरल स्वभावका,सोझा र मेहेनितीदिदी बहिनी ,दाजु भाई देख्न पायौँ । गाउँमा बिजुलिको पोल गाडेर पनि अहिले सम्म बिजुली बत्तीनआएको करिब २ बर्ष भएको रहेछ ।

हामी खाना खाएपछि केही बेर आराम गरि हाम्रो अर्को गन्तब्य कोट र उपरदाङगढी तिर लाग्यौँ ।कोटमा केही बेर आराम गरेपछी हाम्रो साइकल उकालो ओरालो हुँदै हिमाल पारिका पहाड जस्तैदेखिने नाङा पहाडलाइ छिचोल्दै सुन्दर गाउँबस्ती हुँदै करिब बेलुकाको ७ बजे हामी उपर्दाङगढीपुग्न सफल भयौँ । केही बेर हामी आराम गरेपछी खाना खाई रमाइलो गफ गर्नतिर लाग्यौँ । भोलिपल्ट बिहान हामी ऐतिहासिक स्थल गढिमा र गाउँघरतिर केही बेर घुम्यौँ । करिब हामी ११ बजेखाना खाइ केही बेर आराम गरि करिब १२ बजे शक्तिखोर हुँदै नारायणगढ पुग्यौँ । हाम्रो ३ दिनकोयात्रा अतिनै रमाइलो भएको थियो । हाम्रो यो यात्रालाई भावनात्मक रुपमा विभिन्न संघ सस्थातथा ब्यक्तिहरुले सुभकामना दिएका थिए ।
विशेष गरेर हाम्रो यात्रामा जानु भएका सबै रमाईला , सहयोगी साथिभाईहरुलाइ बिशेष धन्यबाददिनचाहन्छु र त्यस्तै धन्यबादको पात्र सहकर्मी दिनेशलाल चुके पनि हुनुहुन्छ । उहाबाट हामिले धेरैजानकारी पाउन सफल भयौँै ।।
अर्को बिशेश धन्यबाद मैले मेरो सबै घरपरिवारका सदस्यहरु आमा , मेरो देवर देवरानी मनोजघिमिरे,इन्दिरा घिमिरे र मेरा छोराहरु र मलाइ हौसाला दिने सबै दियालो टोल बिकास सस्थाकासदस्यहरुलाइ दिन चाहन्छु । उहाँहरुको हौसला र सहयोगले हामी हाम्रो यात्रा जारी राख्न सकेकाछौ । बिदेशमा बसेर पनि हामीलाइ हौसाला र सहयोग गर्ने दाजु,भाउजू,दिदी,भिनाजुलाइ हृदयदेखि नमन गर्न पनि चाहन्छु ।
अति बिशेष धन्यबाद स्मल हेभन मोडेल स्कुलका डाइरेक्टर राम प्रसाद भट्ट, प्राचार्य बिमल क्षेत्री , अनि सह– प्राचार्य अन्जना कन्डेल र सबै स्कुलका शिक्षक , शिक्षिकालाई दिन चाहन्छु । सबैकोसाथ र सहयोगले साइकलको दुनियामा म यहासम्म आउन सफल भएको छु । मेरो लक्ष्य खालीसाईकल चलाउनु नभई केही शिक्षा समाजलाइ छोड्नु पनि हो । हामिले दैनिक जिबनमा साईकलकेही समय चलाउदा पनि हाम्रो स्वास्थ र बाताबरणलाई सकारात्मक अशर पर्नेछ । अब नेपालसरकारले पनि बाटो घाटो बनाउदा साइकल लेनलाई पनि बिशेश प्राथमिकता दिनु पर्छ ।साइकल चलाएर स्कुल तथा कलेज पढ्न आउने बिद्यार्थीलाई पनि बिशेश छुट र हौसालादिनसकेमा हाम्रो चितवन र पुरै देश साइकलको देश भनेर चिनिनेछ ।
आउदै गरेको पर्यटन बर्ष २०२० हामी सबै नेपालीहरुले चाडबाड जस्तै गरेर मनाऔँ । सबैआन्तरिक तथा बाहिरका पर्यटकलाई मीठो र राम्रो व्यवहार गरौ । हाम्रो देश कृषि प्रधान होइनसरकार, स्थानिय सरकार तथा महानगर पालिका र नगरपालिका र सबै जन मिलेर गर्यौ भनेसन्सारको पहिलो गन्तव्यको देश बन्नेछ ।
अघिल्लो यात्रा
नारायणगढ –मुस्ताङको मुक्तिनाथ
गत असोज २१ गते नारायणगढ –बन्दिपुर र नारायणगढ
हाम्रो अर्को यात्रा
पशुपति – शिन्धुलिगढी –जनकपुर
नारायणगढ –माथिल्लो मुस्ताङ
नारायणगढ – लुम्बिनी
नारायणगढ – रारा ।।
जय देश,जय नेपाल अनि जय साइकल ।
रुक्मिणी सापकोटा घिमिरे
चितवन
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021