गायिका तथा संगीतकार रेखा पौडेललाई बेष्ट म्यूजिक डाइरेक्टर अवार्ड प्रदान गरिएको छ ।भारत राजस्थान निमोडाको चित्थोरगढमा असोज २६ गते भएको एक कार्यक्र्मका बीच पौडेललाईअवार्ड सहित सम्मान गरिएको हो । पौडेललाई डाक्टर शोखिम वर्माले अवार्ड प्रदान गर्नु भएकोथियो ।साथमा मोडेल एक्टर नितु कोईराला पनि सम्मानित हुनु भएको थियो।
इन्टरनेशनल फेसबुक फ्रेण्डशीप अवार्ड अन्र्तगत पौडेलाई म्यूजिक डाइरेक्टर बिधामा अवार्डप्रदान गरिएको हो । पौडेललाई पोलोटिक टाइम्स इन्डियाले अवार्ड प्रदान गरेको हो । अन्तर्राष्ट्रियरुपमा अवार्ड पाए पछि पौडेलले खुसी लागेको लंडन काठमाण्डूलाई बताईन। नेपाली सांगीतिकक्षेत्रकी सफल गायिका तथा संगीतकारका रुपमा चिनिने पौडेल नेपाल चलचित्र क्षेत्रकी पहिलोमहिला संगीतकार हुन् । उनले एक सय भन्दा बढी गीतहरुमा संगीत दिएकी छन् । उनले आठ वर्षअघि देखि संगीतयात्रा सुरु गरेकी थिइन ।

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021