- 8Shares
-१-
एसिड छेप्छन् कतै गाडीमा हेपिन्छन् छोरीहरु
दाइजोमा कहिले खाडीमा बेचिन्छन् छोरीहरु
गिद्धले जस्तै लुछेर छोड्छन् विभत्स शरिरमा
कहिले छाउगोठ र झाडीमा भेटिन्छन् छोरीहरु
-२-
कस्ले भन्न सक्छ पुरानो ढर्रामा छे नारी
उपपोस्ट मिलेपछि खुव चर्चामा छे नारी
हुन त देशको राष्ट्रपति महिला हुनुहुन्छ
भनुँ म कसरी अझै दोस्रो दर्जामा छे नारी
-३-
हेर्दाहेर्दै जुंगामा ताउ लगाएर गयो
आइमाइहरु कमजोर बनाएर गयो
अरे ! मर्द थियो र त बलात्कार गर्यो
दोष जति कपडालाई थमाएर गयो
प्रतिमा केसी
सैनामैना -६, रुपन्देही
हाल: रेडिंग, युके
(२५ नोभेम्बर २०१९ देखि १० डिसेम्बर २०१९ सम्म संचालन गरिएको १६ दिने अन्तरास्ट्रिय महिला हिँसा बिरोधी अभियानको सन्दर्भमा रचिएको केहि मुक्तकहरु)
Facebook Comments
Latest posts by कुमार केसी (see all)
- किन बेलायतको राष्ट्रिय जनगणनामा नेपालीको सहभागिता आबश्यक छ ? - February 18, 2021
- मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न - February 15, 2021
- मुक्तक प्रतिष्ठान युकेको प्रेमिल मुक्तक वाचन हुने - February 13, 2021