/भैरहवामा बोराले च्यापिएर चार जनाको मृत्यु

भैरहवामा बोराले च्यापिएर चार जनाको मृत्यु

माघ १६, भैरहवाको गल्लामण्डीमा बोराले च्यापिएर चार जनाको मृत्यु भएको छ ।सिद्धार्थ नगरपालिका–६ मा गए राती सुतेको बेलामा खादको बोराले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा ३० वर्षीय सहजात हुसैन, उनकी २६ वर्षीया श्रीमती सद्दाम खातुन, ६ वर्षीय सुल्तान हुसैन र २ वर्षीया सहिना खातुन रहेका छन् ।भारत बिहारका उनीहरु १५ वर्षदेखि बोरा सिलाउने काम गर्दै आएको बताइएको छ ।

Facebook Comments