साइकल अभियन्ता रुकमणि सापकोटाको सहकार्यमा स्मल हेभन मोडेल स्कुलमा निबन्ध प्रतियोगिता सम्पन्न

माघ १६, रुक्मिनी सापकोटाको सहकार्य तथा स्मल हेभन मोडेल स्कुल साइकिलिङ क्लब र इन्ट्र्याक्ट क्लबको आयोजनामा स्मल हेभन मोडेल स्कुलमा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।भरतपुर महानगरपालिकाकि उपमेयर पार्बती शाहले प्रतियोगितामा बिजयी भएकाहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।प्रतियोगितामा प्रथम हुने बालकुमारी बोर्डिङ स्कुलकि भुमि कुमारी गुप्ताले साइकल,हेल्मेट र ज्याकेट प्राप्त गर्दा दोस्रो हुने प्रेरणा बोर्डिङ स्कुलकि अन्जिला काफ्लेले साइकल तथा हेल्मेट त्यस्तै तेस्रो हुने अर्किड स्कुलका अभिमन्यु जोशीले साइकल र हेल्मेट प्राप्त गरेका छन्।

त्यस्तै शान्त्वना स्थान हासिल गरेका लक्ष्मी मा बि कि रचना अधिकारी र अर्किड स्कुलका आसुतोश अधिकारीले हेल्मेट र ज्याकेट प्राप्त गरेको कार्यक्रम ब्यबस्थापक रुकमणि सापकोटा घिमिरेले जानकारी दिनुभयो।उक्त कार्यक्रममा वडा न २ का वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ , स्मल हेभन मोडेल स्कुलका डाइरेक्टर राम प्रसाद भट , प्राचार्य बिमल कुमार क्षेत्री , शिक्षक,शिक्षिका,अभिभाबक,र अन्य बिशिस्ट ब्यक्तिहरुको सहभागीता रहेको थियो।प्रतियोगिताको पुरस्कार सौजन्य जय मा सन्तोषि सुनचादी पसल , यामाहा मोटर साइकल , लाइफलाइन मेडिसिन , राइडर्श माउन्टेन बाइक स्टेसन(ट्रेक साइकलको आधिकारिक बिक्रेता), panc बाइकले गरेका थिए।

Facebook Comments