नजिकको स्वर्ग चुलिबोझा , देबचुली

  • नजिकैको स्वर्ग
    चितवन, नारायणगढबाट करिब ४० कि.मि. टाढा एउटा स्वर्ग जस्तो ठाउँ छ भन्दा तपाईंहरुलाई पत्यार नलाग्न सक्छ तर वास्तवमा यो यथार्थ सत्य हो ।
    नवलपरासीमा अवस्थित यस स्वर्गमा १ दिन भए पनि बास बस्ने निधो गर्दै हामी दम्पती साइकलबाट जाने निधो ग¥यौं । जाडो मौसमको यस समयमा माघ १० गते शुक्रबार हामी करिब १२ः३० बजे नारायणगढबाट साइकल यात्रा सुरु ग¥यौं । हाम्रो यात्रालाई स्वागत गर्नको लागि भनेर चुमिलटार होम स्टेका प्रबद्र्धकज्यू, भूतपूर्व विद्यार्थी, देवचुलीका स्थानीय दाजुभाइ दिदीबहिनी सिजी मन्दिर अगाडि बस्नुभएको थियो । सो स्वागतपछि दलदले  उकालो हुँदै करिब २ घण्टा प्रकृतिसँग रमाउँदै हामी कुम्सोत पुग्यौं । त्यहाँ चिया नास्ता खाएपछि हामी फेरि गन्तव्यतिर लाग्ने निधो ग¥यौं । करिब ५ बजिसकेको थियो अब हामी कच्ची बाटो तथा उकालो चढ्दै थियौं । बाटो अप्ठ्यारो र ठाउँ ठाउँमा बनाउँदै गरेको देख्न सकिन्थ्यो । वरिपरि पहाड नै पहाड, हरिया रुख बिरुवाका साथ दुलहीको घुम्ती जस्तो तुँवालोले एकै छिनमा अप्ठ्यारो बनाउने र एकैछिनमा उज्यालो बनाउने दृष्यपान गर्न पाइरहेका थियौं ।
    करिब साढे दुई घण्टाको यात्रापछि हामी गन्तव्यमा पुग्न सफल भयांै । सो स्थानमा पुग्दा त्यहाँ रहेका मगर समुदायहरुले हामी दुईको स्वागतका लागि भनेर फूलमाला तयार गर्नुभएको देखियो । स्वागतपछि हामी होम स्टेतिर लाग्यौं । त्यहाँ पुग्दा अर्को खुसियाली प्राप्त भयो । मसँगै स्मल हेभन पढाउनु हुने केहि साथीहरु पनि आउनुभएको रहेछ । उहाँहरु आगो ताप्दै कुखुराको मासु पोल्दै हुनुहुन्थ्यो । हामी पनि सँगै बस्यौं र उहाँहरुसँगै रमाइला रमाइला गफ गर्न थाल्यौं ।
    वास्तवमा यो चूलिबोझा गाउँ प्रकृतिले दिएको ठूलो वरदान नै थियो । वरिपरि पहाड नै पहाडले घेरिएको सुन्दर सफा र शान्त थियो । त्यहाँका हरेक व्यक्तिहरु सोझा र रमाइला थिए । सो गाउँमा अधिकांश युवा पुरुषहरु वैदेशिक रोजागारमा रहेछन् र महिलाहरु र पाका पुरुषहरुले खेतीपाती गर्ने र होम स्टेमा पाहुनाहरुको आतिथ्यता गराउने रहेछन् । अझै पनि बाटोको राम्रो विकास हुन नसकेको सो ठाउँमा गाउँलेहरुले मिलेर एउटा सानो हाइड्रोबाट बिजुली निकालेका रहेछन् । आर्थिक अभावका कारण सो हाइड्रो रातिमा मात्र सञ्चालन हुने रहेछ । सरकारले सहयोग गरेको खण्डमा सो हाइड्रो दिनभरि सञ्चालन गर्न सकिने रहेछ । सुन्दर ठाउँ चूलीबोझामा अवस्थित मगर वस्तीमा घरधुरी धेरै भए पनि कक्षा ८–१० सम्म पढ्नको लागि शहरतिर झर्नुपर्ने बाध्यता रहेछ । पर्यटनको हिसाबले प्रचुर सम्भावना भए पनि सरकार र नेताहरुको खासै ध्यान पुग्न नसकेको यस ठाउँमा अझै पनि गाउँलेहरु आशावादी भएको देखियो । मुख्य राजमार्गबाट खासै टाढा नभएको यस ठाउँमा आधारभूत आवश्यकताहरु जस्तैः शिक्षा, स्वास्थ्य, प्राकृतिक स्थललाई व्यवस्थित गर्न सके गाउँको विकासको साथसाथै देशको अर्थतन्त्रमा पनि केहि हदसम्म टेवा पुग्ने देखिन्छ । स्थानीय गाउँले दाजुभाइ दिदीबहिनीहरुले हामीले चिने जानेका नेताहरुलाई यस विषयमा कुरा राखिदिन अनुरोध गर्नुभयो ।

  • भोलिपल्ट हामी प्रचुर मात्रामा फलाम खानी रहेको स्थान बुलिङटार जाने तय ग¥यौं र ठाडो उकालोलाई छिचोल्दै साइकल चलाउन थाल्यौं । जब हामी उकालोमा साइकल चलाउँदै थियौं सबै व्यक्तिहरु साइकल साइकल भन्दै हेर्न आउनुभएको दृष्य देखिन्थ्यो । वास्तवमा सो ठाउँमा मोटर, मोटरसाइकल चलेता पनि हामी दम्पतीले नै पहिलो पटक साइकल चलाएर सो सुन्दर वस्तीमा पुगेका रहेछौं भन्ने कुरा थाहा पाउँदै गर्दा भित्रभित्रै रोमाञ्चित भयांै । विस्तारै अघि बढ्दै जाँदा ठूला–ठूला ढुंगा, पहाड, जंगल र सेता हिमालहरु देख्न सकिन्थ्यो । धेरैजसो साना पहाडहरु कुचो खेतीले भरिएको थियो र सो काट्नको लागि भिडभाड देखिन्थ्यो । करिब डेढ घण्टाको साइकल यात्रापछि हामी बुलिङटार पुग्न सफल भयौं । यहाँ केही घरधुरीका लागि हावाबाट बिजुली निकाली वितरण गरिएको रहेछ । यहाँ पनि वरिपरि हरिया पहाड देख्न सकिन्थ्यो । यसको केही तल गुरुङ गाउँ पनि ।
    देवचुली नगरपालिका भित्र पर्ने नवलपरासीको सबैभन्दा अग्लो पहाड देवचुलीको काखमा अवस्थित सो ठाउँमा किन विकास हुन सकेन भनेर हामीले मेयर साब र कार्यकारी अधिकृतसँग फोनमा केही बेर कुरा ग¥यौं । वहाँहरुले पनि अब छिट्टै नै सो स्थानहरु विकसित हुने र केन्द्रीय बजेटमा परिसकेको जानकारी दिनुभयो । होम स्टेमा किन सरकार मौन भन्ने प्रश्नको उत्तर दिँदै कार्यकारी अधिकृतले होम स्टेले केही मापदण्ड वा पूर्वाधार पूरा गर्नुपर्ने थियो र बल्ल ति मापदण्डहरु पूरा भएकोले अब छिट्टै नै अनुदानको पनि व्यवस्था गरिने जानकारी दिनुभयो ।
    कार्यकारी अधिकृतको अनुसार देवचुलीमा पर्यटन पूर्वाधार तयार हुँदैछ, सहज पदमार्ग, खानेपानीको व्यवस्था हुँदैछ । अब होम स्टेको पनि राम्रो व्यवस्था गरिने भन्नुभएको छ ।
    देवचुली एउटा गण्डकी प्रदेशको भ्यू प्वाइन्ट नै हो र यसबाट उत्तरतिरका सम्पूर्ण हिमालहरुदेखि तराई राष्ट्रिय निकुञ्ज देखिन्छ । अथवा उत्तरतिर चौरी र दक्षिणतिर गैंडा हेर्ने ठाउँ हो । देवचुलीको काखमा तिन कन्या गुफा छ र किंवदन्ती अनुसार पिठौली पुजौली भनिन्छ । हाइवेदेखि दक्षिणसम्म त्यहाँको प्वाल यहाँ तराइमा हुन्छ र त्यहाँबाट हावा निस्कन्छ । त्यसैले थारुहरु वैशाख पूर्णिमामा पूजा गर्ने गर्दछन् । नेपालमा यो मात्र यस्तो पहाड हो जसलाई थारु समुदायले पूजा गर्ने गर्दछ । यसको चुचुरोको बनावट त्यस्तै आकर्षक पनि छ । यो ठाउँ कुखुरा पालन तथा बाख्रा पालनको लागि उर्वर भूमि पनि हो । यसको बारेमा व्यापक प्रचार प्रसार गर्न सके सरकारको लक्षित पर्यटन वर्षमा पर्यटकहरुको घुइँचो हुने पक्का छ ।
    करिब ४ बजे हामी त्यस रमणीय ठाउँबाट बिदा भई नारायणगढ नै फर्कने निधो ग¥यौं । चितवनबाट करिब ४० किमि मात्रै टाढा रहेको प्रकृतिको यस अनुपम स्थलको भ्रमणपश्चात उज्यालो र अँध्यारोलाई छिचोल्दै करिब ८ बजे हामी नारायणगढ आउन सफल भयौं । वास्तवमा चुलिबोझा र बुलिङटार अति नै दुर्गम तर स्वर्ग नै थियो ।
    रुकिमनी सापकोटा घिमिरे
    साइकल तथा सरसफाई अभियन्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *