स्कुल स्कुलमा रुक्मिणीको पहलमा साइकल क्लब गठन हुदै।

वातावरण , स्वास्थ्य तथा समृद्द नेपाली बनाउने उद्देश्यका साथ रुकमिनी सापकोटा घिमिरेले स्कुल स्कुलमा बाताबरण , स्वास्थ्यको लागि किन साइकल भन्ने ज्ञान दिदै साइकल क्लब गठन गर्दै हिन्नु भएको छ।वहाको अनुसार यदि सानो बालबालिकामा साइकल प्रती प्रेम बढाउन सकियो भने भोलिको कलेज जिबनमा उनिहरु प्रकृति प्रेमी,अनुशाशित हुने वहाको दाबी छ।कलेज जिबनमा आफ्ना बाबा , आमा सङ्ग महङा मोटर साइकल होइन साइकलको माग गर्नेछन जसले गर्दा ठुलठुला दुर्घटनाबाट उनिहरु जोगिनेछन।।रुकमिनिले अहिले सबै भन्दा बढी दुर्घटना मोटर साइकलबाट भएको र धेरै जसो कलेज पढ्ने भाइ बैनिहरुको ज्यान गएको बताउनु भएको छ।

रुक्मिनिले नेपाललाई “एक सपना साइकल र सफा सहरको ” रुपमा परिकल्पना गर्दै यहि अभियानमा हिड्नु भएको छ।वहाको यो अभियानमा आफ्नो जीवन साथिले , घर परिवार तथा विभिन्न संघ सस्थाहरुले साथ दिएको बताउनु भएको छ।

स्मरण रहोस केही दिन अगाडि मात्र रुक्मिनिले स्मल हेभन साइकल राइडर्स क्लब सङ्ग मिलेर वातावरण सम्बन्धित बिषयमा अन्तमाध्यमिक स्तरिय निबन्ध प्रतियोगिता संचालन गर्नु भएको थियो र सो प्रतियोगिता मा प्रथम हुनेलाइ साइकल,हेल्मेट,ज्याकेट, दृतिय हुनेलाइ साइकल , हेल्मेट, तृतिय हुनेलाई साइकल , हेल्मेट र सान्तना पुरस्कार हेल्मेट, ज्याकेट प्रदान गर्नु भएको थियो र उक्त कार्यक्रमको मुख्य अतिथी भरतपुर महानगरपालिकाका उपमेयर श्री पार्बती शाहज्युले गर्नु भएको थियो।।
साइकल तथा सरसफाइ अभियन्ता रुक्मिनी सापकोटालाइ नेपालको धेरै सामाजिक सस्थाहरु , नगरपालिका, वडाबाट बाताबरणको लागि प्रमुख भुमिका खेलेको भन्दै सम्मानित गरिएको छ।।

पर्यटन बर्षलाई लक्षित गर्दै रुक्मिनिले नेपालको विभिन्न लुकेका सुन्दर ठाउहरुलाइ जनसमक्ष ल्याइ त्यो ठाउको प्रबर्द्धन गर्ने गर्नुभएको छ र अहिले वहालाइ विभिन्न स्थानबाट पर्यटकिय स्थलको प्रचार गर्न बोलाउन थालेका छन।

Facebook Comments