भानुसाइकिलिङ क्लब गठन

पोखरा बसपार्क स्थित भानु उच्चमाध्यमिक स्कुलमा आज भानुसाइकिलिङ क्लब गठन भएको छ। साइकल तथा सरसफाइ अभियन्ता रुक्मिनी सापकोटा , भानु मा बि को इको क्लबको संयुक्त प्रयासबाट क्लब गठन भएको हो।सो क्लबमा बिनित शर्माको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती गठन भएको इको क्लबका अध्यक्षको भनाइ छ।

रुक्मिनी सापकोटाको भनाइ अनुसार सानै उमेरदेखी बच्चाहरुलाइ साइकल प्रती चाख बढाउन सकियो भने भोलि कलेज जिबनमा पनि साइकल प्रयोगकर्ता बन्नेछन।
चितवनको सबै स्कुलमा क्लब गठन गरिसकेपछी रुक्मिनिको अन्य जिल्लामा पनि क्लब गठन गर्ने योजना छ।रुक्मिनी सापकोटाले साइकललाइ फन राइडिङ भन्दा पनि दैनिक जिबनमा साइकल प्रयोग गरौ भन्ने अभियन्ताको रुपमा चिनिन्छिन भने अन्य साइकल राइडिङ क्लबले फन राइडिङलाइ महत्व दिएको देखिन्छ।
रुक्मिनीको भाबी योजना सरसफाइ र साइकिङको धेरै भएतापनी अहिले बालबालिकालाइ साइकलप्रेमी बनाउने अभियानमा लागेकी छिन र बिदाको समयमा स्कुलका बच्चाहरुलाइ साइकलमा विभिन्न स्थलमा घुमाउन लैजाने र सो स्थानको सरसफाइ गर्ने अभियानमा लागेकी छिन।।एक साइकल अभियन्ता कसरि सरसफाइ तिर पनि आबद्द हुनुभयो भन्ने प्रश्नको उत्तरमा आफू वे ग्रुप नेपालले गर्दै आएको सरसफाइ अभियानबाट प्रभाबित भएको र वहाहरुको लक्ष्यलाई साथदिन आफू साइकल तथा सरसफाइ दुबैतिर केन्द्रीत भएको बताउनु भयो।

Facebook Comments