रौतहटमा हथौडा प्रहार गरी एक वृद्धको हत्या

 

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका-३ पर्सा गाउँमा एक वृद्धको हत्या भएको छ । मुत्यु हुनेमा ७० वर्षीय फेकन पण्डित रहेको प्रहरीले बताएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उनको मुखमा हथौडा प्रहार गरेर हत्या गरिएको छ। हत्या गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले बताए ।

पण्डित राति खाना खाएर घरबाट एक किलोमिटर टाढा गोठमा सुत्न गएका थिए। बिहान परिवारका सदस्य पुग्दा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको प्रहरीले जानकरी दिएको छ ।

Facebook Comments