साइकल तथा सरसफाइ अभियन्ता रुक्मिणी सम्मानित।

 

गैडाकोट उधोग बाणिज्य संघले आयोजना गरेको तेस्रो महोत्सव भब्यताका साथ सफल भएको छ।यो महोत्सबको मुल उदेश्य स्थानिय उधोग तथा कृषकबाट उत्पादित सामग्रीको बिक्री बितरण तथा प्रबर्द्धन गर्ने र दर्शकलाई मनोरञ्जन दिने थियो।महोत्सवमा सोचेको भन्दा बढी दर्शकको चापले गर्दा हिजो एकदिन थपगरी समापन गरिएको थियो।महोत्सव अबधिभरी विभिन्न क्षेत्रका सामाजिक ब्याक्तित्वहरुलाइ सम्मान गरिएको थियो।गैडाकोट उधोग बाणिज्री संघ द्वारा आयोजित महोत्सब कार्यक्रममा पहिलो पटक साइकल तथा सरसफाइ अभियन्ता रुकमिनी सापकोटालाइ सम्मान गरि गैडाकोट उधोग बाणिज्य संघ वातावरण तथा सरसफाइमा पनि अग्र स्थानमा छ भन्ने चिनारी दिएको छ।सो सम्मान कार्यक्रमको अध्यक्षता अमृत भट्टचनले गर्नु भएको थियो भने प्रमुख अतिथी गण्डकी प्रदेशका सान्सद रोशन गाहा मगर ज्यु हुनुहुन्थ्यो।

सो कार्यक्रममा रुक्मिनी सापकोटाले साइकल , वातावरण तथा स्वास्थ्य तथा दैनिक जिबनमा साइकलको महत्वको बारेमा बोल्नु भएको थियो।अध्यक्ष अमृत भट्टचनका अनुसार रुक्मिनिले साइकल, सरसफाइ तथा स्वास्थ्य र आर्थिक समृद्धि को अभियन्ता भएकोले वहालाइ सम्मान गरिएको जानकारी दिनुभयो।

Facebook Comments