उदाइन पश्चिमबाट रमा बोहरा।

उदाइन पश्चिमबाट रमा बोहरा

यसअघि हुने एक सय मिटर लामो साइक्लिङमा सुदूरपश्चिम प्रदेशबाट पुरुषहरूको मात्रै सहभागिता हुने गरेको थियो। तर, पहिलोपटक धनगढी उपमहानगरपालिका–५ हसनपुरकी बोहराले सय किलोमिटर साइकल यात्रा सहभातिा जनाएको साइकल यात्री भरतविक्रम शाहले बताए।

टुर दी ठाकुरद्वारामा सुदूरपश्चिम प्रदेशका पाँच जनाले सहभागिता जनाएका थिए। साइकल यात्री भरतविक्रम शाहको नेतृत्वमा रहेको टोलीमा इन्द्र बोहरा, योगेन्द्र खड्का, यमलाल रसाइली र रमा बोहरा सहभागी भएका थिए।

टूर दी ठाकुरद्वारा कार्यक्रमको नेतृत्व विश्व साइकल यात्री पुस्कर शाहले गरेका थिए। टुर दि ठाकुरद्वारा पहिलोपटक सहभागी बनेकी बोहराले यस्ता कार्यक्रमहरू सुदूरपश्चिम प्रदेशमा पनि आयोजना गर्न आवश्यक रहेको बताउँछिन्। ‘साइकल चलाउँदा व्यायाम हुने नै भयो स्वास्थ्यका लागि पनि फाइदाजनक छ।’ उनी भन्छिन्।

साइकल चलाउँदा घुँडा लगायतका जोर्नीहरू बलियो हुने उनी बताउँछिन्। ‘स्वास्थ्य र वातावरणको लागि साइकल’ भन्ने कुरालाई अभियानको रूपमा अगाडि बढाउन स्थानीय सरकारले समेत भूमिका खेल्न जरूरी रहेको बोहराको भनाइ छ।

नेपालगन्जबाट सुरु भएको यो यात्रा दुई दिनसम्म चलेको थियो। पहिलो दिन नेपालगन्जबाट ठाकुरद्वारासम्म पुगेको यो टोली दोस्रो दिन ठाकुरद्वारादेखि चिसापानीसम्म पुगेर समापन गरिएको थियो।

Facebook Comments