- 394Shares
स्मल हेभन मोडेल स्कुल साइकल क्लबले आन्तरिक तथा बाहिरि पर्यटनलाइ प्रचार प्रसार गर्ने उदेस्यले आज फागुन ३ गते पटिहानी अम्रेला स्ट्रीटमा नारायणगढबाट सो ठाउमा साइकलबाट गएका थिए। उक्त स्थानमा भ्रमण पछि सबै बिद्यार्थीले सरसफाइ पनि गरेका थिए।सो साइकल र्यालीलाई साइकल तथा सरसफाइ अभियन्ता रुक्मिनी सापकोटाले नेतृत्व गरेकी थिइन भने अन्य साइकल अभियन्ता महेन्द्र तिवारी र केशब घिमिरेले सहयोग गरेका थिए।
रुक्मिनी सापकोटाले साना उमेरदेखी नै बिध्यार्थीलाई साइकल प्रेमी बनाउने उदेस्यले विभिन्न स्कुलहरुमा साइकल क्लब समेत गठन गरेकी छिन र बिध्यार्थीलाई राम्रा राम्रा धार्मिक तथा पर्यटकिय क्षेत्रमा घुमाउने र उक्त स्थानलाइ सरसफाइ गर्न पनि लगाछिन।
रुक्मिनी सपकोटाको अनुशार सानै उमेर देखि नै साइकल तथा सरसफाइमा बिध्यार्थीहरुलाइ प्रेरित गर्न सकियो भने भोलि उनिहरु अनुशाशित र भद्र ब्यक्ती बन्नेछन।
आजको साइकल यात्रामा अधिकान्स बच्चाहरु कक्षा ८ देखि ११ कक्षाका थिए।साइकल र्यालिको क्रममा राइडर्स माउन्टेन बाइक स्टेसनका प्रोपाइटर तथा चितवन नवलपुर साइकल ब्यबसायी संघका अध्यक्ष श्याम खरेलले स्वागत तथा बिदाइ गरेका थिए।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021