तिलोत्तमा नगरपालिका प्रमुख तथा अन्य सदस्य टोलीलाई चितवनमा भव्य स्वागत

चितवन । साइकल तथा सरसफाइ अभियन्ता रुक्मिणी सापकोटाले तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेसहित सम्पूर्ण सहभागीहरुलाई चितवनमा भव्य स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपमेयर जागेश्वरी चौधरी लगायत प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, नेकपा जिल्ला नेता लक्ष्मण खनाल, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, वडा नं . ३ का अध्यक्ष दिवाकर ढकालसहित १७ वटै वडाका अध्यक्ष एवम् कार्यपालिका सदस्य, लेखा अधिकृत रमेश बस्याल, प्रेस सल्लाहकार, विपी गौतम र पर्यटन प्रवद्र्धन समिति सदस्यहरु गरी ३२ जना थिए । चितवनको पोखरा बसपार्कस्थित होटल सतनचुलीमा भएको सो कार्यक्रममा चितवन नवलपुर पानी उद्योग संघ तथा सरसफाई र वातावरण संस्था वे गु्रपको पनि उपस्थिति रहेको थियो ।


कार्यक्रमको सञ्चालन नेपाल वोटल वाटर उद्योग संघ केन्द्रीय उपाध्यक्ष श्री सोमप्रसाद काप्रीले गरेका थिए । उक्त कार्यक्रममा बोल्दै साइकल तथा सरसफाई अभियन्ता रुक्मिणीले वे गु्रपबाट आफू प्रभावित रहेको र तिलोत्तमा नगरपालिकाको सरसफाई अभियान देखेर धेरै खुसी भएको जानकारी दिनुभएको थियो । समृद्ध नेपाल, सफा नेपाल बनाउने उद्देश्यले रुक्मिणी साइकल र सरसफाई अभियानमा लागेकी र यसलाई सफल बनाउन साना साना स्कूलका बालबालिकाहरुबाट सुरु गरेकी जानकारी दिएकी थिइन् ।
त्यस्तै वे गु्रपका अध्यक्ष भोजराज कँडेलले साइकल र सरसफाईमा रुक्मिणीले गरेको कामको प्रशंसा गर्दै वे गु्रपले समाजमा सरसफाईका साथ यस्ता अभियन्ताहरुलाई सहयोग गर्ने भावना व्यक्त गर्नुभएको थियो । आजको यस कार्यक्रमले तिलोत्तमा नगरपालिका र भरतपुर महानगरपालिकाबीचको सम्बन्ध अझै उच्च रहने जानकारी दिनुभएको थियो ।


कार्यक्रममा तिलोत्तमा नगरपालिका मेयर वासुदेव घिमिरेले साइकल तथा सरसफाई अभियन्ता रुक्मिणी सापकोटाको कार्यको प्रशंसा गर्दै यस्तो कार्यक्रमलाई बृहत रुपमा गराउन सुझाव दिनुभएको थियो । कार्यक्रममा मेयरले वे गु्रप टोलबाट सुरु भई अहिले राष्ट्रव्यापी भएकोमा बधाई दिँदै तिलोत्तमा नगरपालिका हातेमालो गर्न तयार रहेको जानकारी दिनुभयो । आफ्नो टिम आइतबारबाट विभिन्न स्थानमा भ्रमण गर्दै लक्षित भ्रमण वर्ष २०२० लाई सफल तुल्यणउन बाह्य तथा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न सफल रहेको विश्वास लिएको जानकारी दिए ।
सोहि कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुखलाई साइकल अभियन्ता रुक्मिणी सापकोटा तथा वे गु्रपका अध्यक्षले संयुक्त रुपमा चितवनको एक सिंगे गैंडा मायाको चिनो स्वरुप प्रदान गर्नुभएको थियो ।

Facebook Comments