- 26Shares
काठमाडौं– कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रकोप अन्य देशमा समेत फैलिएपछि मन्त्रिपरिषद्को बैठकले जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो।
शनिबार मात्र पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको थियो।
चीनबाट शुरु भएको कोरोना भाइरस अहिले कोरिया, इरान हुँदै अन्यत्र समेत देखिन थालेको छ।
अमेरिकामा समेत यही भाइरसका कारण एक व्यक्तिको मृत्यु भएको छ।
चालू आवमा मात्र सरकारले भिजिट नेपालका विभिन्न कार्यक्रममा ६७ करोड बढी रकम विनियोजन गरेको थियो। भिजिट नेपालको उद्घाटनमा मात्र ५ करोडभन्दा बढ खर्च भएको थियो।
भिजिट नेपाल सार्नुपर्ने माग तथा सुझाव दिँदादिँदै सरकारको एकतर्फी जोडका कारण भिजिट नेपाल सुरु भएको थियो। यसकारण विवादित बन्दै गएको भिजिट नेपाल अन्ततः कोरोना भाइरसको विश्वव्यापी असरका कारण स्थगित भएको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021