शुरु भयो मेघौलीमा पाचौँ मेघौँली पर्यटन महोत्सब २०७६

मेघौली , १९ फागुन ,

हाम्रो गौरव ,हाम्रो शान मेघौँली महोत्सब हाम्रो पहिचान” भन्ने नारा सहित  आइतवार बाट सुरु भएको छ महोत्सवको उद्रघाटन उधोग पर्यटन बन तथा बाताबरण मन्त्री अरुण नेपालले गर्नु भयो । महोत्सवको उद्घाटन गर्दै नेपालले मेघौली पर्यटन महोत्सबले बाह्रय तथा आन्तरिक पर्यटन बिकाशमा ठुलो भुमिका खेल्न सहयोग पुराउने कुरा बताउनु हुदै पर्यटन बिकाशकै यति ठुलो र राम्रो ठाँउ सरकारको नजर बाट ओझेल परेको छ र मेघौँली पर्यटन बिकाश समितिले राखेको मागलाई सम्बोधन गर्ने कुरा बताउनु भयो । मेघौँली पर्यटन महोत्सवका सम्योजक हरि चन्द्र महतो सभापति रहनु भएको उद्घाटन समारोहमा महोत्सव मूल समिति सह संयोजक सोम प्रसाद आधीकारिले स्वागत मन्त्व्य राख्नु भएको थियोे । कार्यक्रम बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल प्रमुख अतिथि रहनु भएको थियो । उहाले मेघौँलीको लागि आफ्नो प्रदेश बाट सहयोग भइ रहेको र अबका दिन हरुमा पनि सहयोग गर्ने बताउनु भएयो ।आइतवार  बाट सुरु भएको महोत्सवमा लगभग सबै स्टलहरु भरिएको व्यवस्थापन समितिका संयोजग आत्माराम पौडेलले बताउनु भयो । ९० वटा व्यवसाइक स्टल रहेको महोत्सवको लागत करिब ४० लाख रहेको छ भने आयोजकले ५० लाख उठाउने लक्ष्य लिएको छ उद्रघाटनको पहिलो दिन   हवाईजहाजबाट पूष्पबृष्टी को साथै प्यारा फ्लाईङ्ग गरीएको थियो । गरिएको थियो । महोत्सवमा स्थानीय थारु, कुमाल, मगर, गुरूङ, ब्राह्मण, क्षेत्री, दराईलगायतका आदिवासी, जनजाति एवं विभिन्न जातजातिका संस्कृतिहरु प्रस्तुत गरिएको थियोे । भोलि न सास्कृत्त कार्यक्रम अन्तरगत हास्य कलाकार मनोज गजुरेल, लोक गाइका उमा देबि खनाल,अस्मिता बि सि लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति रहने सास्कृतिक उप समितिका संयोजक मुक्ति सापकोटाले जानकारी दिनु भयो । मेघौँलीको हात्तिपोलो ग्राउण्डमा आज बाट संचालन भएको महोत्सव फाल्गुन २४ गते सम्म संचालन हुने छ

Facebook Comments