अनिता रानाभाट
गैंडाकोट । एकल महिलालाई अभियानका रुपमा नै रातो पहिरन लगाउन शुरु गरेको नारी कल्याण एकल महिला पैरवी मन्च गैंडाकोटले बिहिबार १६ औं स्थापना दिवस मनाएको छ ।

२०६१ साल फाल्गुण १५ गते एकल महिलालाई रातो पहिरन भन्ने मूल नाराका साथ नेपालमा नै पहिलो पटक यो अभियान सुरुवात गरेको थियो । सोही दिनको सम्झानामा एकल महिला पैरवी मन्चले स्थापना दिवस मनाउँदै आएको छ ।
दिवसका अवसरमा देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित वृद्धा आश्रममा रहेका वृद्धवृद्धालाइ खाना तथा फलफुल वितरण गरेको नारी कल्याण एकल महिला पैरवी मञ्चकी सचिव रुपा गिरीले जानकारी दिनुभयो । आश्रममा ३६ जना वृद्धवृद्धा रहेका छन् ।
एकल महिलालाई रातो वस्त्र, रातो डोरी, रातो चुरा, रातो जुत्ता चप्पल, रातो टिका र रातो थुप्रै वस्तुहरु वर्जित रहेको समयमा मञ्चले यो अभियान सञ्चालन गरेको थियो ।
यो अभियान पछि विस्तारै समाज रुपान्तरण हुँदै गएको मञ्चकी अध्यक्ष लक्ष्मि भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा रातो पहिरन अभियानका अभियानकर्ता महादेवी कट्टेल, सुन्तली चौधरी, शारदा ढकाल, निर्मला पौडेल लगायतको उपस्थिती रहेको थियो ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021