काठमाडौँ । कोरोना(कोभिड–१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ।
परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले बताएका छन् ।

आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई अस्पताल भर्ना गरिएको थियो।
हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएकोमा १९ जना सकुशल घर फर्किसकेका छन् ।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021