/चैत ५ भित्र वार्षिक परीक्षा सम्पन्न गर्न विद्यालयहरूलाई निर्देशन

चैत ५ भित्र वार्षिक परीक्षा सम्पन्न गर्न विद्यालयहरूलाई निर्देशन

गैडाकोट, २० फागुन । कोरोना भाइरसका कारण विश्व नै प्रभावित भइरहेको सन्दर्भमा नेपालमा पनि सचेतनालाई तीव्र पारिएको छ । जस अनुसार  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गर्न विज्ञप्ती निकाली निर्देशन दिएको छ । आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरिएको हो । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै निर्देशन गरेको हो  ।

विज्ञप्तिमा  भनिएको छ ‘विद्यालयमा सभा, समारोह, वार्षिक उत्सवलगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरु आयोजना नगर्न, नगराउन पनि मन्त्रालयले सबैमा आह्वान गर्दछ ।

त्यस्तै विद्यालयमा कुनैपनि सभा, समारोह, भीडभाडका कार्यक्रम, वार्षिक उत्सव लगायतका जनभेला आयोजना नगर्न नगराउन पनि आग्रह गरिएको छ ।

Facebook Comments