हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षा जाँचको क्रममा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बसमा सवार अनेकलको साथबाट प्रहरीले ६ केजी २ सय ८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बरामद सो परिमाणको सुनको बजार मूल्य करीब चार करोड २७ लाख ५८ हजार सातसय ७४ रुपैयाँ रहेको छ ।
प्रहरीका अनुसार मोटर पार्टसभित्र जडान हुने फालामको ब्यरिङ, फलामको पास्ताको ब्यरिङ, फलामको मिटर ब्यरिङमा सुन लुकाएर ल्याएको अवस्थामा मंगलबार बिहान ४:३० बजेको समयमा उनलाई पक्राउ गरिएको थियो ।
प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरी सुन तथा पक्राउ परेको व्यक्ति सार्वजनिक गरेको हो ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021