काठमाडौं । आउँदो चैत ६ गतेबाट देशभरीका विद्यालय बन्द हुने भएको छ । कोरोना भाइरस विश्वव्यापी फैलिएपछि सुरक्षात्मक उपाय अपनाउँदै सरकारले यस्तो निर्णय गरेको हो ।
यद्यपि, सरकारले विद्यालय बन्द भनेको चाहिँ छैन । चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्नु भनेको छ । शिक्षा मन्त्रालयले एक सूचना जारी गरी चैत ५ भित्र वार्षिक कक्षा एकदेखि नौ सम्मका वार्षिक परीक्षा सक्नु भनेको हो । वार्षिक परीक्षा सकिएपछि स्वत विद्यालय बन्द गरिन्छ ।
कक्षा १० का विद्यार्थीले दिने एसइई परीक्षा चैतमा छ ।
कोराना अर्थात् कोभिड–१९ भाइरस विश्वको ६५ भन्दा धेरै देशमा फैलिइसकेको छ ।

तथापि नेपालमा भने कोरोना देखिएको छैन । कोरोना देखा नपरे पनि विश्वका विभिन्न देशमा फैलिएको हुनाले नेपालमा पनि देखा पर्ने सम्भावनालाई दृष्टिगत गरी सरकारले विभिन्न सुरक्षात्मक उपायहरु अपनाइरहेको छ । यही क्रममा विद्यालय बन्द गर्न सरकारले तत्काल वार्षिक परीक्षा गर्न भनेको हो ।
मन्त्रालयले विद्यालयहरुलाई अभिभावक दिवस, वार्षिकोत्सव तथा अन्य किसिमका भेला हुने कुनै पनि कार्यक्रम नगर्न पनि आव्हान गरेको छ ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021