चितवन । पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ आगामी सोमबार विमोचन हुने भएको छ ।
अक्षर समूह चितवनले एक कार्यक्रमकाबीच ‘कुमाता’ कथासङ्ग्रह विमोचन गर्न लागेको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिए ।

यथार्थवादी सामाजिक विषयवस्तुमा १० वटा कथा समेटिएको कथासङ्ग्रह कुमाता ११२ पेजको रहेको छ । कथासङ्ग्रहको मूल्य दुई सय रुपियाँ तोकिएको छ ।
लामो समयदेखि चितवनमा पत्रकारिदा गर्दै आएका पत्रकार पराजुलीको यो पहिलो साहित्यिक कृति हो ।
भूँडिपुराण प्रकाशन प्रालिले ‘कुमाता’ कथासङ्ग्रह बजारमा ल्याएको हो ।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021