चितवन । कोरानाभाइरसका संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मेला महोत्सव एवं सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ ।
मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना प्रकाशित गरी चीनबाट फैलिएको कोरोना नेपालमा पनि उत्तिकै चुनौतीको रुपमा रहेको भन्दै जिल्लामा मेला, महोत्सव, सार्वजनिक कार्यक्रम गर्न गराउन रोक लगाइएको हो

सहायक जिल्ला प्रमुख अधिकारी नेत्रप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनामा ‘स–साना पारिवारिक जमघट बाहेक अन्य जात्रा, पर्व, मेला महोत्सव र यस्तै अन्य कुनै पनि कार्यक्रम तर्जुमा र सञ्चालन नगर्न नगराउन जिल्लाबासी नागरिकलाई जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’
सूचनालाई अवज्ञा गरी यस्ता काम गरिएको खण्डमा कानुन अनुसार कारवाही गरिने भन्दै कार्यालयले सचेत गराएको छ ।
यसैबीच जिल्लामा सञ्चालनमा रहेका महोत्सव आज बुधबारदेखि सम्पूर्ण चालु महोत्सवहरुमा रोक लगाइएको छ भने आगामी दिनमा तय गरिएको मेला महोत्सव समेत तत्कालका लागि रद्ध गरिएको छ ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021