चितवन, फागुन २१ । विश्वमा फैलदैँ गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको भन्दै विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक शत्र २०७६ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र सञ्चालन गरी आगामी चैत्र ५ गते भित्र सम्पन्न गर्न भरतपुर महानगरपालिकाले चितवनका सम्पूर्ण विद्यालयलाई अनुरोध गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय स्तरको बार्षिक परीक्षा चैत ५ गते भित्र सक्काउन निर्देशन दिएपछि महानगरले एक विज्ञप्ती जारी गर्दै विद्यालयमा मेला, समारोह, वार्षिक उत्सव लगाएत जनभेला हुने कार्यक्रम नगर्न नगराउन अनुरोध गरेको छ।


कक्षा १ देखि ७ सम्म र कक्षा ९ को वार्षिक परिक्षा यही चैत २ गते देखि सञ्चालन गर्न नगर शिक्षा अधिकारी सिताराम कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ। कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ।
साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार कक्षा ८ को वार्षिक परीक्षा परिमार्जन गरिएको छ। कक्षा ८ को वार्षिक परीक्षा यही चैत २ गतेदेखि सञ्चालन गरि ९ गते सम्म सम्पन्न गर्न महानगरपालिकाले सम्पूर्ण विद्यालयलाई अनुरोध गरेको छ।

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021