इटलीमा १० दिन विद्यालय बन्द

कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ।

त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ। त्यो युरोपको सबैभन्दा गम्भीर सङ्क्रमण हो।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन्।

Facebook Comments