- 43Shares
टंक रेग्मी /कालीकाेट

कर्णाली प्रदेशको भर्जिन पर्यटकीय स्थल सान्नी त्रिवेणी क्षेत्रलाई प्रमुख पर्यटकीय स्थलको रुपमा चिनाउन सान्नी त्रिवेणी गाउँपालिका जुटेको छ । ओझेलमा रहेको त्रिवेणी पाटन तथा धार्मिक आस्थाको रुपमा रहेको त्रिवेणी धामलाई प्रदेशकै पहिलो पर्यटन गन्तव्यको रुपमा चिनाउँ गाउँपालिकाले प्रचारप्रसार, टे«किङ् रुटको सम्भाव्यता अध्यनन लगायतका काम गरेको छ । संघिय तथा प्रदेश सरकारको छायाँमा परेको त्रिवेणी पाटन सरकारले घोषणा गरेको १०० गन्तव्यभित्र पर्न नसके पनि पर्यटकको गन्तव्यमा पर्न सफल भएको छ ।
गाउँपालिकाले यस क्षेत्रलाई देशकै ठुलो सम्पतीको रुपमा देख्दै भावि दिनमा पर्यटकको आगमन दर वृद्धि गदै संरक्षित क्षेत्र बनाउने तयारी रहेको गाउँपालिका अध्यक्ष डम्वरबहादुर शाहीले बताउनुभयो । समुन्द्री सतहदेखि करिव ४ हजार मिटरको उचाइमा रहेको त्रिवेणी क्षेत्र पाटन मात्र नभएर त्रिवेणी धामको रुपमा रहेको हुनाले यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन गाउँपालिका एक्लै लागिपरेको अध्यक्ष शाहीले बताउनुभयो ।
त्रिवेणी क्षेत्रमा पर्यटक भित्राउन पर्यटन पत्रकार, पयटन विज्ञ, ट्रेकिङ गाईड लगाएतको सहभागितामा एक हप्ते पदयात्रा कार्यक्रम गरि पर्यटकीय स्थलको रुट बनाउने, पर्यटकीय प्याकेज निर्धारण तथा पर्यटकीय स्थलहरुको सम्भाव्यता अध्ययन गरिएको छ ।
करिव ४ हजार मिटरको उचाइमा रहेको यस त्रिवेणी धाममा नेपालको पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका हजारौ तिर्थालु भक्तजनहरु आउने गर्दछन् । यस ठाउँबाट कर्णालीका सवै जिल्ला र सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, वैतडी र अछाम देख्न सकिन्छ ।
कसरी पुग्ने यस ठाउँ
कालिकोटको सान्नी त्रिवेणाी गाउँपालिकामा रहेको पर्यटकीय स्थल पुग्नको लागि सहज रूपमा गाडिको व्यवस्था रहेको छ र बस्न, खानको लागि पनि सहज रहेको छ । दश पन्ध्र हजारमै यो ठाउँमा घुमेर आउन सकिन्छ ।
पहिलो दिन – काठमाडौँ /कोहोलपुर वा सुर्खेत – गाडि वा प्लेन
दोस्रो दिन – सुर्खेत देखि कालिकोट क्युरी (सान्नी त्रिवेणाी होमस्टे)
तेस्रो दिन – त्रिवेणाी पाटन
चौँथो दिन – त्रिवेणी धाम स्नान गरी क्युरी (होमस्टे )
पाचौँ दिन – सुर्खेत वा कोहलपुर
छौटौँ – दिन काठमाडौँ

- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021