काठमाडौं – कोरोना भाईरसको सक्रमण रोकथाम सम्बन्धमा शिक्षा मन्त्रालयले विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकमा विभिन्न ६ बुँदे अनुरोध गरेको छ । सक्रमण फैलने तरिका र त्यसबाट बच्ने बारेमा विद्यालय तथा शिक्षण संस्थाले गर्नु पर्ने कार्य, स्वास्थ्यका दृष्टिले सुरक्षित हुन अपनाउनु पर्ने बानी र व्यवहारहरु, विद्यार्थीमा ज्वरो रुघा खोकि लागेमा अपनाउनु पर्ने सावधानीलाई उल्लेख गरेर मन्त्रालयले अनुरोध सार्वजनिक गरेको हो ।
यस्तै यो बीचमा स्थिती सहज नभएसम्म अभिभावक भेला, बार्षिकोत्सव सांस्कृतिक कार्यक्रम जस्ता समारोहआयोजना नगर्ने, सामूकि पिकनिक वा शैक्षिक भ्रमण जस्ता कार्यक्रम स्थगन गर्न र शिक्षण संस्थाहरु बीच सूचनाको नेटवर्क गर्ने बारेमा मन्त्रालयले अनुरोध गरेको छ ।

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021