काठमाण्डौ – कोरोना भाइरसको प्रभावले भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द भएका छन् । दिल्लीका शिक्षामन्त्री मनिष सिसोदियाका अनुसार मार्च ३१ सम्मका लागि दिल्लीका सबै प्राथमिक विद्यालय बन्द गरिएको हो ।
यस्तै भारतले विद्युतीय हाजिरीमा पनि प्रतिबन्ध लगाएको छ । सबैले एकैठाउँमा औंठाछाप मार्फत हाजिरी गर्दा संक्रमण सर्न सक्ने भन्दै भारतले विद्युतीय हाजिरीमा रोक लगाएको हो ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ३० जनालाई संक्रमण भएको छ । सङ्क्रमण भएकामध्ये २७ जनाको उपचार भैरहेको छ भने ३ जना निको भएर घर फर्किएका छन् ।
विश्वभर फैलिएको कोरोना भाOरस कोभिड-१९ का कारण अहिलेसम्म ३ हजार ३ सय ४ जनाको ज्यान गैसकेको छ । सङ्क्रमितको संख्या ९६ हजार २ सय ७३ पुगेको छ । ५३ हजार ९ सय व्यक्ति निको भएर घर फर्किएका छन् ।
सबैभन्दा धेरै चीनमा ३ हजार ३० जनाको यो भाइरसका कारण ज्यान गैसकेको छ । बिहीबार मात्रै चीनमा ३२ जनाको ज्यान गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021