- 21Shares
अन्तर्निहित स्वास्थ अवस्था भएको एक बृध्द कोरोना भाइरसको संक्रमणको कारण बेलायतमा मर्ने पहिलो व्यक्ति बनेको छ।
रेडिंगस्थित रोयल बर्क्सायर अस्पतालमा हिजो साँझ मात्र भर्ना भएका उक्त बृध्दको आज मृत्यु भएको रोयल बर्क्सायर एन एच एस ट्रस्टले पुस्टि गरेको छ । केहि समय यता कुनै विदेश भ्रमणमा नगएका उनलाई बेलायतमै कोरोना भाइरसको संक्रमण भएको बिश्वाश गरिएको छ।
यसै क्रममा मृतकक परिवारमा समबेदेना व्यक्त गर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत अहिले संक्रमणको पहिलो चरण (Contain Phase)मै रहेको र अर्को चरण (Delay Phase) को लागि बैज्ञानिक तथा स्वस्थाकर्मिहरु तयारीमा रहेको कुराको जानाकारी दिएका छन्।
बेलायतमा हालसम्म ११६ जनालाई कोरोना भाइरसको संक्रमण प्रमाणित भैसकेको छ भने यो संक्रमण उल्लेख्य रुपमा फैलिन सक्ने सम्भावना रहेको बिज्ञहरुले बताउदै आएका छन्।
- गजल - March 9, 2021
- अमेरिकी रास्ट्रपतिको निर्वाचन परिणाममा नेपालीहरुको प्रतिक्रिया - November 8, 2020
- ढुक्क रहनुहोस् एनआरएन नागरिकता पाउनुहुन्छ-कृष्ण भक्त पोख्रेल - October 24, 2020