ब्रिटेनको जनस्वास्थ्य निकायले आफूहरूले मास्कले कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउने भनेर सुझाव नदिने बताएको जानकारी दिए।
उक्त निकायले लामो समयसम्म मास्कको प्रयोग गर्दा त्यसले सङ्क्रामक रोग फैलनबाट रोक्ने विश्वव्यापी मान्यता पाएको स्वस्थ व्यवहारको पालनाको सुनिश्चितता कम गराउने उल्लेख गरेको छ।

मास्क प्रयोगभन्दा निरन्तर हात धुने कुरामा जोड दिइएको छ।
ब्रिटेनको राष्ट्रिय स्वास्थ्य निकाय एनएचएसका निर्देशक स्टेफन पोविसले व्यवसायिक नाफाको लोभमा कतिपय ‘स्वार्थी फर्म’हरूले यस्ता खतरनाक सन्देश दिने गरेको र त्यसलाई प्रतिबन्ध लगाएर सही कदम चालिएको बताए।
उनले जिम्मेवार फर्महरूले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि सकारात्मक भूमिका खेल्नुपर्ने र घरबाटै काम गर्न र अन्य स्वस्थ रहने उपाय अवलम्बन गर्न प्रोत्साहन दिइनुपर्ने उल्लेख गरे।
सत्तरीभन्दा बढी देशमा ९० हजार भन्दा बढी मानिसलाई कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021